कारागार झगडामा संलग्नलाई कडा निगरानीमा

पोखरा, १3 मंसिर/जिल्ला कारागारा कास्कीमा मंसिर ८ गते भएको कुटपीटमा संलग्न भएकालाई कडा निगरानीमा राखिने भएको छ । सो कुटपीटमा संलग्न भएका दुवै पक्षका २५ जनालाई कडा निगरानीमा राखिने प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले बताएका हुन् । ‘झगडा तथा कुटपीटमा संलग्नलाई कडा निगरानीमा राख्ने छौ मंगलबार पत्रकार सम्मेलनमा गौतमले भने–‘आगामि दिनमा फेरी त्यस्तै खालका घटना घटाएमात्र स्थानान्तरण गरिने छ ।’

चौकिदार÷नाईके तथा कैदीबिचको विवादले झगडा भएको उनले बताए । आर्थीक लेनदेन तथा सरसापटि, क्यान्टिन लगायतका कारणले झगडा भएको प्रतिवेदनबाट थाहा पाएको उनको भनाई छ । सो बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको संयोजकत्वमा ३ सदस्सीय छानविन समिति गठन गरीएको थियो ।

समितिले सुरक्षा व्यवस्था थप्नुपर्ने, केहि कैदीलाई स्थानान्तरण गर्नुपर्ने, क्यान्टिन व्यवस्थापन लगायतका बिषयमा ध्यान पु¥याउनुपर्ने सुझाव दिएको प्रजिअ गौतमले बताए । दिर्घकालिन रुपमा बन्दी तथा कैदीलाई छुट्टाछुट्टै राख्नुपर्ने, सिसि क्यामरा जडान गर्नुपर्ने लगायतका सुझाव समितिले दिएको छ । झगडामा घाईते भएका २ जनाको अझै उपचार हुदैछ । कुटपीटमा दुवै पक्षका करिव २० जना घाइते भएका थिए ।

कास्की कारागारमा ३ सय ५२ जना कैदी तथा बन्दी रहेका छन् । कारागारमा ३५ जना सुरक्षाकर्मी रहेका छन् । दशैं तिहार लगायतका चाड कास्कीमा शान्तिपूर्ण तवरले सम्पन्न भएको पत्रकार सम्मेलनमा गौतमले बताए । पछिल्लो समयमा सार्वजनिक मुद्दा र मापसेको संख्या भने जिल्लामा बढ्दै गएको उनले जानकारी दिए । सो अबसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक श्यामकृष्ण अधिकारीले दैनिक करिव ५० जना मापसेमा परेको बताए ।

कमेन्टहरु
Loading...