कागतीको व्यवसायिक खेतीमा भविष्य देख्दै पाेखराका कृषक

पोखरा । अमिलो कागती शव्द सुन्दैमा जो कोहीका मुखमा रस आइहान्छ । कागतीको चाना चरक्क निचोरेर चिया होस या खानामा जिब्रो पढ्काउँदै स्वाद लिने प्रत्येक व्यक्तिको पछिल्लो समय अनिवार्य जस्तै बन्ने गरेको छ ।

स्वास्थ्य वर्दक र खानालाई समेत स्वादिलो बनाउने भएको कारण पछिल्लो समय बजारमा कागतीको माग बढेसंगै सम्भाव्यता अध्ययनका आधारमा यसको व्यवसायिक खेतीप्रति किसानाहरुको आकर्षण बढ्दो छ । कागतीमा भिटामिर्न सी’ पाइन्छ ।

यीनै सम्भावना देखेर नेपाल सरकारको जागिर र बजारको व्यापार व्यवसाय समेत छोडेर गाउँको बाँझिएको जग्गामा यतिखेर टुकाराम लामिछाने यसको व्यवसायिक खेतमा लागेका छन् ।
पोखरा महानगरपालिका वडा नं. ३१ स्याङखुदीस्थित खनास्वारामा बाँझीएर झाडी बनेको जग्गामा पाँच बर्ष अघि लगाएको व्यवसायिक कागती खेतीले आम्दानी दिन थालेको कृषक लामिछाने बताउछन् ।

“वेगनास तालको जलाधार क्षेत्र अन्तर्गत पर्ने भिरोलो पाखोमा लगाएका सात सय कागतीका विरुवाले फल दिन थालेका छन्” उनले भने, “दिनमा ५० केजी उत्पादन हुने गरेको छ बजारमा बिक्री गरेर दैनिक सात हजार पाँच सय रुपैया आम्दानी हुने गरेको छ ।”

बाँदर लगायत बन्य जन्तुले नोक्सान नगर्ने, रोग कम लाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नुनपर्ने र बजार पनि राम्रो भएको कारण कागती खेतीमा भविष्य देखेको उनको भनाई छ । उत्पादिन कागती होलसेलमा प्रतिकिलो एकसय ५० रुपैयामा बिक्री हुने गरेको छ ।

उनका अनुसार धरानको पाख्रीवासबाट प्रति गोटा २०० रुपैयाका दरले खरिद गरेर २०७५ साल साउनमा रोपेका सोना जातका सवै कागतीका विरुवाले फल दिन थालेका छन् रसिलो भएको कारण बजारको माग पनि राम्रो छ । कृषि ज्ञान केन्द्र स्याङजाको सिफारिसमा लगाएका उन्नत जातको लेमनका दुई सय विरुवा लटरम्म फलेका छन् लगभग १० कुण्टल फल उत्पादन भएको छ ठूलो आकारको फल छ बजार भने नपाएको उहाँले रासससंग गुनासो गरे । कागतीको बोटले फल धान्न नसकेर हाँगा भाँचिन थालेका छन् ।
र्
रोपेको चार बर्षमा फल दिन शुरु गरेको कागतीको एउटै बोटले १२ हजार मुल्य बरावरको ८० किलो फल दिएको थियो’ उनले भने ‘कागीतको फल विक्रीबाट अघिल्लो बर्ष आठ लाख रुपैया परेको थियो, यस बर्ष २० लाख भन्दा बढी आम्दानी हुने विश्वास छ ।’

कागती खेती भित्र अन्तरवालीका रुपमा तरुल र अकवरे खुर्सानी रोपेको बताउँदै उनले थपे, पहिलो बर्ष तरुलबाट सात लाख र दोश्रो बर्ष अकवरे खुर्सानीबाट ६ लाख रुपैया आम्दानी भएको थियो ।
कृषक लामिछानेलो भन्नुभयो, माघे सक्रान्तिका अवसरमा प्रदेश सरकारद्धारा आयोजित ढुङ्गेसाँघुमा भएको कन्तमुल मेलामा तरुल प्रथम भएर १० हजार पुरस्कार प्राप्त गर्न सफल भएको बाहेक सरकारी स्तरबाट आजसम्म कुनै पनि सहयोग प्राप्त भएको छैन ।

समुद्री सतहबाट लगभग नौ सय मिटरको उचाईमा वेगनासतालसंगै रहेको उनको वगैचामा यसै वर्ष स्याउ समेत फलेको छ । परिक्षणका लागि लगाएको एउटा स्याउँको बोटमा ८ देखि १० वटा फल फलेको कृषक लामिछानेले जानकारी दिए ।

लमिछानेले व्यवसायिकरुपमा कागती खेती सहित, चिमुर, एभोकाडो, अमला, ओल, अम्वा, सुन्तला, ज्यामिर, निवुवा, स्याउ, ठूलो वयर, रातो केरा लगायतका विभिन्न जातका फलफुलका बोट विरुवा लगाएका छन् ।

उत्पादीत फल विक्री वितरणका लागि बजार जानुपर्ने, व्यापारीले समयमा पैसा नदिने हुँदा वगैचामा दिने समय खर्च हुँदा अप्ठेरो परेको बताउँदै उनाले भने, कृषि उत्पादन वारीवाटै उठाईदिने व्यवस्था गर्ने हो भने व्यवसायमा कृषकको आकर्षण बढ्नुको साथै आयातित वस्तुलाई विस्थापित गर्दै आत्मनिर्भतर्पm उन्मुख हुदै स्वरोजगार सिर्जनामा समेत योगदान पुग्ने छ ।

लिप्टिङ प्रविधिबाट वेगनासतालको पानी तानेर वगैचामा सिचाईको व्यवस्था गरिएको बताउँदै उनले दुईसय मिटर पाईप विस्तार सहित तीन लाख रुपैया खर्च भएको बताए ।

प्रत्येक चार,चार मिटरको फरक एवम् एक,एक मिटर गहिराई र चौडाईका खाल्टामा विरुवा रोपेर शुरु गरेको कागती खेतीमा ७० लाख भन्दा बढी खर्च भएको उनको भनाई छ ।

स्याङखुदीमा शुरु भएको व्यवसायिक कागती खेतीले कास्कीमा सुन्तलाजात हराएको छैन भन्ने प्रमाणीत गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

टिपेको दुई हप्तासम्म पनि नविग्रने, बाँदरले नखाने बढी भएमा अमिलो बनाउन सकिने कागतीखेतीको विस्तारका लागि महानगरले बार्षिक ८ देखि १० हजार विरुवा कृषकलाई वितरण गर्दै आएको बताउँदै उनले बाँझीएको विरालो पाखोमा पहेलो सुनको रुपमा लिन सकिने व्यवसायिक कागती खेतीले पोखरालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कमेन्टहरु
Loading...