कक्षा ११ को नतिजा भोली प्रकाशित हुने, ग्रेडिङ सिस्टम लागु

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तर्फको परीक्षाफल सोमवार प्रकाशित गर्ने तयारी गरेको छ । निर्वाचन मुख्य कारण देखाउँदै परीक्षाफल प्रकाशित मिति सार्दै आएको बोर्डले आंशिकतर्फको परीक्षाफल भने सार्वजनिक गर्न लागेको हो । नियमित तर्फको परीक्षाफल भो पुषको पहिलो हप्ता सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ ।

परीक्षाफल ढिलाईको कारण कक्षा १२ उत्तीर्ण भएर कक्षा ११ को नतिजा कुरिरहेका विद्यार्थीहरु स्नातक तहमा भर्ना हुन सकेका छैनन् । जसले गर्दा नतिजा कुरिरहेका विद्यार्थीमा अन्योलता बढेको छ । दुई चरणमा सम्पन्न हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका कारण देखाउँदै बोर्डले परीक्षाफल पछाडि धकलेको हो ।

निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नतिजा प्रकाशनको कामलाई थाँती राखिएको थियो । परीक्षाको नियमन अनुसार परीक्षा सम्पन्न भएको मितिले ३ महिनाभित्र नतिजा प्रकाशित गरिसक्नुपर्छ । बोर्डका अनुसार नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९९४ गरी मुलुकभरबाट ४ लाख ४९ हजार ५४ जनाले परीक्षा दिएका छन् । जसमा छात्रको संख्या २ लाख ११ हजार ८२२ र छात्राको संख्या २ लाख ३७ हजार ७९२ छ ।

कमेन्टहरु
Loading...