एसिड आक्रमण घटनाका पीडितको उपचार सरकारले गर्ने

काठमाण्डौं, भदौं ३ गते ।  एसिड आक्रमण घटनाका पीडितको उपचार सरकारले गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका १७ वटा सरकारी स्वास्थ्य प्रतिष्ठान तथा अस्पतालहरुलाई पत्र जारी गर्दै निशुल्क उपचारको प्रबन्ध गर्न निर्देशन दिएको छ ।

साउन २६ गतेको मन्त्रिपरिषद् बैठक र साउन १९ गते कानुन न्याय तथा मानवअधिकार समितिले एसिड आक्रमणका पीडितको उपचारको लागी निशुल्क उपचारको प्रबन्ध गर्न निर्देशन मन्त्रालयलाई दिएको थियो ।

कमेन्टहरु
Loading...