एनएमबी बैंकले भुक्तानी ग¥यो बीमा दावी

पोखरा । एनएमबी बैंकको थापाथली शाखामा ‘एनएमबी सहारा बचत खाता’ खोली कारोबार गर्दै आएका निर्विकार अमात्यलाई स्वास्थ्य बीमा बापत बिमीतले पाउने १० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बैंकका प्रदेश ३ प्रमुख गणेश पराजुली, एरिया म्यानेजर स्मृति भण्डारी र शाखा प्रमुख लजना तुलाधरले संयुक्त रुपमा आमत्यलाई स्वास्थ्य बीमावापतको रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकको उक्त खाता योजनामा शुन्य मौज्दातमै खाता खोल्न सकिने, नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, १० लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले शिखर इन्स्योरेन्स मार्फत उक्त भुक्तानी प्रदान गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, विस्तारित सेवा तथा शाखा रहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहक माझ सेवा पु¥याउँदै आइरहेको छ ।

कमेन्टहरु
Loading...