सेनाको हेलिकप्टरमा पोखरा फर्कन लागेका मुख्यमन्त्रीलाई मौसमले रोक्यो

पोखरा । पोखरा फर्कन लागेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहितको टोलीलाई लिएर उडेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण मनाङ मै अवतरण गरिएको छ ।

पोखरा फर्कने तयारीमा रहेको मुख्यमन्त्री सहितको २६ जनाको टोली रहेको हेलिकप्टर उडेको केही बेरमै मौसम बद्लिएपछी पुनः मनाङ मै अवतरण गरिएको हो ।

मनाङमा उद्धारका लागि खटाएको हेलिकप्टर बोलएर मनाङ पुगेको भन्दै मुख्यमन्त्रीको सामाजिक सञ्जालमा तिव्र आलोचना भएको थियो ।

आलोचनापछि मुख्यमन्त्री पोखरेलले आफुहरु उद्धारका लागि उक्त हेलिकप्टर छोडेर अर्को फर्किने जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

मुख्यमन्त्रीसहितको टोलीलाई लिन पुगेको हेलिकप्टर खराव मौसमका कारण अवतरण नै हुन नसकेपछि पोखरा फर्किएको थियो ।

भोली प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेका कारण नेपाली सेनाकै हेलिकप्टरमा भएपनि आज नै पोखरा आइपुग्ने मुख्यमन्त्रीको प्रयासमा मौसम बाधक बनेको हो ।

कमेन्टहरु
Loading...