इन्सेक उत्कृष्ट जिल्ला प्रतिनिधि पुरस्कारबाट सुशन घिमिरे सम्मानित

पोखरा । इन्सेक उत्कृष्ट जिल्ला प्रतिनिधि सन् २०२० को पुरस्कारबाट गन्थनकर्मी सुशन घिमिरे सम्मानित भएका छन् ।

इन्सेकले फागुन ७ गतेका दिन ‘नेपाल मानवअधिकार वर्ष पुस्तक’ सार्वजनिकको अवसरमा हरेक वर्ष १ उत्कृष्ट जिल्ला प्रतिनिधिलाई सम्मान गर्दै आएको छ ।

विगत तीन वर्ष यता घिमिरे इन्सेक कास्की जिल्ला प्रतिनिधिको रुपमा कार्यरत छन् ।

इन्सेकले पुस्तक अभिलेखिकरण र परलेखिकरणमा काम गर्नेहरुमध्येबाट उत्कृष्ट जिल्ला प्रतिनिधिलाई गण्डकी प्रदेशबाट सम्मानित गर्ने गरेको छ ।

यसवर्ष सम्मानित भएका घिमिरेलाई गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता राजेन्द्र घिमिरेले प्रमाणपत्र, मायाको चिनो र नगद ७ हजार प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...