इन्धन अभाव, चर्को मूल्यबृद्धिसँगैको हिंसाले हाइटीको राजधानी सहर अस्तव्यस्त

एजेन्सी / गिरोहको क्रुर  हिंसा, इन्धन अभाव र खाद्यवस्तुको बढ्दो मूल्य वृद्धिले हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्स ठप्प बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार हिंसामा करिब २३४ जनाले ज्यान गुमाएका छन् भने यौन हिंसाका नयाँ रिपोर्ट सार्वजनिक भएका छन् ।

उपमेयर जीन हिस्लेन फ्रेडरिकका अनुसार बिहीबार सहरको सिट सोलिल छेउछाउमा दुई प्रतिद्वन्द्वी समूहबीचको रक्तपातपूर्ण लडाइँसँगै हिंसा भड्किएको थियो । उक्त हिंसा चाँडै चारैतिर फैलिएको थियो । डक्टर्स विदआउट बोडर्सका अनुसार हजारौं मानिस पिउने पानी, खाना वा चिकित्सकीय सेवाबाट बञ्चित छन् । नागरिकहरूलाई बचाउन सहायता संगठनले सशस्त्र समूहहरूसँग अनुरोध गरेको छ ।

सहायता संगठनले गिरोहहरूलाई ब्रुकलिन नजिक पुग्न अनुमति दिन पनि अनुरोध गरिरहेको छ । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले भने, ‘अधिकांश पीडितहरू प्रत्यक्ष रूपमा गिरोहमा संलग्न थिएनन् र उनीहरूलाई गिरोहले प्रत्यक्ष रूपमा लक्षित गरेको थियो । हामीले यौन हिंसाको नयाँ रिपोर्ट पनि प्राप्त गरेका छौँ । ’

कमेन्टहरु
Loading...