इन्डोनेसिया र इस्ट टिमोरमा बाढी र पहिरो, ज्यान गुमाउनेको संख्या १ सय ५० नाघ्यो

एजेन्सी । इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ सय ५० भन्दा बढी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।

बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका थिए । यस प्रकोपबाट इन्डोनेसियामा १ सय ३० र इस्ट टिमोर २७ जनाको ज्यान गएको इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले मंगलबार बिहान बताएका छन् । इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको ज्यान गएको बताइएको छ ।

इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले जानकारी दिएका छन् । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।

आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवन बगाएको बताइएको छ । वर्षाको समयमा इन्डोनेसियाली द्वीपका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो भएको पाइन्छ । गत जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ सहरमा आएको बाढीका परी कम्तीका ४० व्यक्तिको ज्यान गएको थियो ।

त्यसैगरी गत सेप्टेम्बरमा बोर्नेओ सहरमा आएको पहिरोमा परी ११ व्यक्तिको ज्यान गएको थियो । इन्डोनेसियाको अनुमानित जनसंख्या १२ करोड ५० लाख छ । देशको आधा जनसंख्या पहिरोको जोखिममा रहेका क्षेत्रमा बस्ने गरेको समाचारमा जनाइएको छ । रासस

कमेन्टहरु
Loading...