इन्जिनियर माग गर्दै प्रदेश र महानगर

पोखरा, २७ मंसिर

लामो सयमसम्म प्राविधिक कर्मचारीको अभाव भएपछि गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले करारमा कर्मचारी नियुक्ति गर्ने तयारी गरेका छन् ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राविधिक कर्मचारीकै अभावमा प्रदेश सरकारले ल्याएको बजेट, नीति, तथा कार्यक्रम कार्यान्वयनमा असर पर्ने देखिएपछि करार नियुक्ति गर्ने तयारी गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार मन्त्रालयलाई ३९ जना इन्जिनियर आवश्यक परेकामा अहिले २३ जना मात्र कार्यरत छन् ।
९२ जना सब इन्जिनियर आवश्यक भएकोमा ४८ जना मात्र कार्यरत रहेको उनले जानकारी दिए । प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्न मन्त्री परिषद्मा फाइल पठाइएको जानकारी उनले दिए । उनका अनुसार निकट भविश्यमै सूचना जारी गरी प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्ने प्रक्रिया बढाइने छ । करारमा कर्मचारी नियुक्ति गर्न निजामती ऐनले पनि नरोक्ने उनको भनाइ छ ।
पोखरा महानगरपालिकाले पनि एक वडा एक इन्जिनियर राख्ने तयारी गरेको छ । अहिले एक जना इन्जिनियरले २ वटा वडा हेरिरहेका छन् । जनतालाई सहज रुपमा सेवा दिनका लागि कर्मचारी व्यवस्थापन गर्दै लगिने पोखरा महानगरपालिका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले बताए ।

कमेन्टहरु
Loading...