आइपिएल लिलामी सुरुः आइपिएलको इतिहासमै महंगोमा बिके क्रिस मौरिस

गन्थन डेक्स

इन्डियन प्रिपियर लीग (आइपिएल) टी – २० को लिलामी प्रक्रिया आजदेखि भारतको चेन्नईमा सुरु भएको छ । पहिलो चरणको लिलामीमा दक्षिण अफ्रिकाका ३३ वर्षीय खेलाडी क्रिस मौरिस आइपिएलको इतिहासमै आजसम्मको महंगो खेलाडी भएका छन् ।

क्रिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारतीय रुपैयाँमा खरिद गरेको छ । क्रिसपछि अष्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले १४ करोड २५ लाख भारतीय रुपैयाँमा किनेको छ । म्याक्सेवलले सुरुवाती मूल्य २ करोड भारु राखेका थिए ।

लिलामीको सुरुमा भारतीय खेलाडी करुण नायरलाई राखिएको थियो । तर करुणमाथि कसैले पनि बोली लगाएनन् । लिलामीमा ६१ खेलाडी रहेका छन् ।

नेपालका सन्दीप लामिछानेसमेत यसपटक लिलामीमा छन् । उनले आफ्नो सुरुवाति मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका छन् । यसपटक लामिछानेलाई कुनै टिमले लिन्छन् वा लिदैँनन् भन्नेबारे यकिन छैन ।

एजेन्सीको सहयोगमा

कमेन्टहरु
Loading...