सडक अतिक्रमण गरी भौतिक संरचना नबनाउन राइनास नगरपालिकाको आग्रह

 

लमजुङको राइनास नगरपालिकाको सडक संरचना अतिक्रमण गरी संरचना निर्माण नगर्न आग्रह गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गरेर राइनास नगरपालिकाभित्र रहेका पक्की तथा कालोपत्रे सडक संरचना भित्र अतिक्रमण गरी अस्थायी, स्थायी संरचना निर्माण नगर्न नगरवासीमा अनुरोध गरिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए ।

सडक संरचनाभित्र पशु चौपाया छाडा नछाड्न, सडकमा बालबालिकालाई नछाड्न र सडकमा खेलकुदका क्रियाकलाप गराउने कार्य बन्द गर्न समेत अनुरोध गरिएको छ । राइनास नगरपालिकाका ९ वटै वडा सडक सञ्जालमा जोडिएको छ । यस क्षेत्रका ९० वटै टोलमा कच्ची भए पनि सडक पुगेको छ ।

कमेन्टहरु
Loading...