महायज्ञमा छैटौं दिन सम्म ८६ लाख दान रकम प्राप्त

४५ लाख बराबरको जग्गा गोप्य दान
पोखरा, २७ मंसिर /रष्ट्रिय परोपकार महासंघ नेपालको आयोजनामा पोखरा रंगशालामा मंसिर २२ गते देखि जारी श्रीमद् भागवत धन धान्याञ्चल विराट ज्ञान महायज्ञको छैटौं दिन सम्म ८६ लाख भन्दा बढि दान रकम प्रप्त भएको छ । छैटौं दिन विहीबार मात्र महायज्ञमा १६ लाख ५० हजार रुपैयाँ दान रकम प्राप्त भएको महासंघका केन्द्रिय कोषाध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार विहीबार दुई जनाले ३० लाख बराबरको जग्गा गोप्य दान गरेका छन् । यो संगै गोप्य जग्गा दान बाट अहिले सम्म ४५ लाख बराबरको जग्गा दानबाट प्राप्त भएको छ । यस्तै छैटौं दिन सम्ममा १२६ टन धान दान स्वरुप प्राप्त भएको जनाइएको छ ।

परोपकार महासंघले सञ्चालन गरेको वैदिक गुरुकुल आश्रमको विकास , गौरक्षा अभियान, अन्र्तगतको नारायणी धाम गङगेश्वर महादेव मन्दिर निर्माण कार्य अगाडि बढाउने र परम्परागत मान्यता,सीप र श्रोतको पहिचान स्थापित गर्न सहयोग पु¥याउनुका साथै बचत रकमबाट क्षीरसागर अक्षयकोष स्थापना उधेश्यले महायज्ञ लगाइएको हो । महायज्ञमा महासंघका अध्यक्ष समेत रहेका भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले भगवान र देवि देवताको झाँकी सहितको सांगेतिक प्रवचन गरिरहेका छन् । महायज्ञमा श्रद्धालु भक्तजनहरुको दिन प्रतिदिन घुईचो बढ्दै गएको प्रचार प्रसार उपसमिति संयोजक तिलक थापाले जानकारी दिए ।

कोषाध्यक्ष गौतमका अनुसार विहीबार रकम दान गर्ने दानविरहरुमा पोखरा १६ लामाचौरका लोक बहादुर थापाले १ लाख १ हजार १११,परोपकार महासंघ जिल्ला तथा नगर इकाई समिति स्याङजाले १ लाख ४२१, राष्ट्रिय परोपकार महासंघ वडा इकाई पोखरा ७ ले ६१ हजार ४४५, मल्लाज ३ पर्वतका चन्द्र बहादुर क्षेत्रीले ५५ हजार ५५५, पोखरा १०का देवि कार्कीले ५२ हजार १५१, राम मन्दिर सञ्चालक समिति पर्वतले ५२ हजार २७०, पोखरा ८ पृथ्वीचोकका प्रेम बहादुर जिसीले ५२ हजार १५४, राष्ट्रिय परोपकार महासंघ दुलेगौडा साखाले ५१ हजार ८८२, त्यस्तै परोपकार महासंघ जिल्ला कार्य समिति पर्वतले ५१ हजार १५५, महासंघ हेम्जा इकाईले ५१ हजार ४९३, एज एण्ड वि बैंक रामबजार साखाले ५० हजार, पोखरा १५का हित बहादुर भण्डारीले ३५ हजार ५५५, सहस्र धारा दिब्यधाम पर्वतले ३१ हजार ५५५, नारी परोपकार समिति पोखरा ८ सिमलचौरले ३० हजार ५२ र राष्ट्रिय परोपकार महासंघ पोखरा २ वडा इकाईले ३३ हजार ७२५दान रकम प्रदान गरेको कोषाध्यक्ष पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै, पोखरा १५ फलेपाटनका मायाँ लौडारीले २५ हजार ९०९, नमुना आमा समुह पोखरा ६ले २५ हजार ५५५,पोखरा १७ पार्दीका डिल्ली रमण पोख्रेलले २५ हजार ५५५, मझेरी पाटन १४का विष्णु÷ रिमा कुमारी श्रेष्ठले २५ हजार ५५५, महिला मिलन समुह पोखरा पोखरा ३ले २५ हजार ५२५, भिम बहादुर ÷ यादव कुमारी श्रेष्ठले २५ हजार ५२५, पोखरा ५ का बशुन्धरी काइराला र नमुना आमा समुह पोखरा ६ले २५ हजारा २५ हजार ५२५, २५ हजारा २५ हजार ५२५,भक्तपुर गट्ठा घरका कुमार रानाभाटले २५ हजार १००, राम मन्दिर सञ्चालक समिति तल्लाज पर्वतले २५ हजार २७०, सिद्धार्थ टोल विकास समिति पोखरा ४ रामकृष्ण टोलले २५, धारापानी ३ म्याग्दीका नर बहादुर गर्बुजाले २५ हजार १००, पोखरा ११ फुलबारीका क्या. धन प्रसाद गुरुङले २० हजार ५, रष्ट्रिय परोपकार महासंघ नेपाल लामाचौर इकाईले १६ हजार ५०५, अकलादेवि तथा लक्ष्मि नरायण मन्दिर लामाचौरले १५ हजार ५००, श्रीपति कोइराला गुठी पोखरा ९ले १५ हजार १११, पोखरा ८का नारायण÷सारदा सुवेदीले १५ हजार ५१५ र पोखरा १५परमेश्वर मार्गका बलराम भण्डारीले १५ हजार ११५ रुपैयाँ प्रदान गरेका पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...