गण्डकी प्रदेशको सहकारी मुख्यमन्त्री गुरुङ तथा कानुन मन्त्रालयको जिम्मेवारी बस्नेतले सम्हाल्ने

पोखरा । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्हाल्ने भएका छन् ।

गत बुधबार गण्डकी प्रदेशमा माओवादीबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

रिक्त रहेको मन्त्रालयमध्ये मुख्यमन्त्री गुरुङले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी लिएका हुन् ।

त्यस्तै रिक्त रहेको अर्को मन्त्रालय तत्कालका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सम्हाल्ने भएका छन् । उनले आजै पदभार ग्रहण गरेका छन् । एमालेको तर्फबाट मन्त्री बस्नेतले गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

आफ्ना २ जना मन्त्रीले राजीनामा दिए पनि माओवादी केन्द्रले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

कमेन्टहरु
Loading...