भोलिदेखि सुरु हुने १५ औं सडक महोत्सबको तयारी पुरा (कस्तो छ तयारी हेरौ भिडियो)

गोकुल बानियाँ ÷ पोखरा १२ पुष । भोलिदेखि पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईडमा सुरु हुने १५ औं सडक महोत्सबको तयारी पुरा भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन रेवान पोखराको आयोजनामा हुने महोत्सबको तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

street festivalमहोत्सबको लागि पर्यटकिय क्षेत्र लेकसाईडलाई दुलही झै सिंगारिएको छ । बिभिन्न रेष्टुरेण्टका तुल ब्यानरले पर्यटकिय क्षेत्र झकिझकाउ भएका छन् । फेवा किनारको बसुन्धरा पार्कमा स्टेज निर्माण गरिएको छ भने बिभिन्न स्टलको समेत ब्यबस्था गरिएको छ । महोत्सबको भोलि अर्थमन्त्री शंकर पं्रसाद कोईरालाले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

बिगत १४ बर्षदेखि प्रत्येक अंग्रेजी नया बर्षको अबसरमा आयोजना गरिदै आएको महोत्सबमा यस बर्ष आन्तरिक र बाह्य गरी करिब साढे ४ लाख दर्शक भित्रने अनुमान गरिएको छ । लेकसाईडको साढे ३ किलोमिटर क्षेत्रमा बिहान ११ देखि राति १ बजेसम्म महोत्सब सञ्चालन हुने संयोजक बलराम पहारीले बताए ।

महोत्सबको अबसरमा लेकसाईडका रेष्टुरेण्टमा बिशेष छुट पाईने भएको छ । महोत्सब अबधिभर रेवानमा आबद्ध रेष्टुरेष्टका रेगुलर मेनुमा १० देखि १५ प्रतिशत सम्म छुटको ब्यबस्था गरिएको अध्यक्ष गोपि बहादुर भट्टराईले बताए । आयोजकका अनुसार आगामी पुष १७ गते सम्म हुने महोत्सबमा रेवानमा आबद्ध ७५ रेष्टुरेण्टले बिशेष छुट सहितको मेनुको प्रयोग गर्नेछन् ।

सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित आयोजित महोत्सबमा खानाको परिकार संगै नेपालका पाचै बिकास क्षेत्रका सास्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । महोत्सब सम्पन्न गर्न ४६ लाख खर्च अनुमान गरिएको र ५० लाख आम्दानीको लक्ष्य राखिएको छ । महोत्सब अबधिभर ५ दिनमा ४ करोडको कारोबार हुने आयोजकको दाबि छ ।

सडक महोत्सबले पोखरा र यस आसपासको क्षेत्रको कला ,सस्कृति,भेसभुषा जगेर्ना गर्नुको साथै पोखराका रेष्टुरेण्टहरुको खानाको गुणस्तर बृद्धी गरी खानाको परिकार राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा प्रबद्र्धन गराउन महत्वपुर्ण भुमिका खेल्ने रवान पोखराका प्रथम उपाध्यक्ष चौबहादुर गुरुङ्गले बताए । सडक महोत्सबले नया बर्ष मनाउन पोखरा आउने पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ ।

महोत्सबमा सहभागि रेष्टेरेष्टलाई खानाको गुणस्तर, सरसफाई, सर्भिस लगायतको आधारमा पुरस्कृत समेत गरिने प्रचार संयोजक लक्ष्मण बरालले जानकारी दिए । महोत्सबको अबसरमा लेकसाईडको सुरक्षा ब्यबस्था मजबुद पारिने र अत्याबश्यक एम्बुलेन्स, दमकललाई पनि तयारी अबस्थामा राखिने भएको छ । अघिल्लो बर्ष जस्तै यसपालि पनि यातायात ब्यबशायीसंगको समन्वयमा रात्री बस सञ्चालन हुने भएको छ ।  हेरौ भिडियो

कमेन्टहरु
Loading...