पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु

गण्डकी प्रदेश र न्यू डायमन्ड विजयी शुरुवात

पोखरा, १४ भदौं /नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा पोखराको लामाचौरमा शनिबार देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको प्रतियोगितामा गण्डकी प्रदेश र न्यू—डाईमण्ड एकेडेमी काठमाण्डौंले विजयी सुरुवात गरेका छन् ।

शनिबार विहान भएको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौंलाई २५—१४, २५—११, २५—१५ को सोझो सेटमा पराजित ग¥यो । त्यसै गरी दोश्रो खेलमा न्यू—डाईमण्ड एकेडेमिले चितवन टाईगर्स क्लवलाई २५—१४, २५—२०, २५—१४ को सोझो सेटमा पराजित गरेको छ । न्यू डाईमण्डबाट सिपोरा गुरुङ मैदान उत्रिएकी थिइन् । राष्ट्रिय खेलाडी गुरुङ खुट्टामा चोट लागेका कारण केही बर्ष देखी मैदान उत्रिएकी थिइनन् ।

दुई खेल बर्षाका कारण स्थगित भएको छ । गण्डकी प्रदेश बिरुद्ध श्रीराम खेलकुद विकास समिति दाङ बिच खेल जारी रहदा लगातार गण्डकी प्रदेशले दुई सेट लिएसंगै तेश्रो सेटमा बर्षाका कारण खेल स्थगित भएको छ । आजै हुने भनिएको अन्तिम खेल न्यू—डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लब बिचको खेल स्थगित भएको हो । स्थगित खेल आइतबार विहान ७ बजे पछि हुने भएको प्रतियोगिताका खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए ।

सोमबार सम्म संचालन हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले गरे । उनले नव आदर्श सामुदायिक विकास समाजलाई अन्तराष्ट्रिय स्तरकै भलिवल प्रतियोगिता गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न राखेप तयार रहेको बताए । प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैया र तेश्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए ।

कमेन्टहरु
Loading...