महिला तथा पुरुष विच भलिबलः शसस्त्र, नेपाली सेना र नेपाल पुलिस सेमिफाइलनमा

पोखरा, ७ असार/पोखरामा जारी छैटौं महिला तथा सातौं पुरुष विच भलिबल प्रतियोगितामा महिला तर्फ शसस्त्र प्रहरी बलको एपीएफ एले प्रदेश–५ एलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ ।

विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले प्रदेश ५ की भावना डाँगी र सर्मिला नेपालीको जोडीलाई २१–१४ र २१–६ को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । यसैगरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्रदेश नं ५ बीलाई पनि सहजै पन्छाएको छ । आर्मीका मनिषा खाँड र पुष्पपल परियारको जोडीले अन्जना बुढाथोकी र राधा बुढाथोकीको जोडीलाई १७–२१, २१–१५ र १५–७ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका छन् ।

नेपाल पुलिस क्लब एले पनि प्रदेश नं १ को एलाई पराजित गर्दै भलिबलमा विभागयीय प्रभुत्वलाई कायमै राखेको छ । कोपिाल उप्रेती र निता शाहको जोडीले प्रदेश नं १का प्रियंका राजवंशी र समिता सर्काीको जोडीलाई २१–८ र २१–११ को सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेका हुन् ।

यसैगरी पुरुष तर्फको प्रतिस्पर्धामा लिग चरण अन्तर्गतकै खेलमा चलिरहेको छ । शसस्त्र प्रहरी बलको बीका शशि चौधरी र पुजा चौधरी तथा नेपाल पुलिस बीको मनिषा चौधरी र पुष्पा चौधरीको जोडीको खेलमा पुलिसले बाजी मार्यो । अन्तिम क्वार्टरफाईनल प्रतिस्पर्धामा पुलिसले शसस्त्रमाथि २१–१३ र २१–१२ को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । पानीले परेपछि खेल केही ढिलो गरी शुरुभएको थियो ।

पुरुष तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशको एले प्रदेश नं १ को ए टोलीलाई सोझो सेटमा पन्छाउने क्रममा २१–१४ र २१–१५ को सेटमा पराजित गर्दै क्र्वाटरफाईनलको सम्भावना प्रबल बनायो । शसस्त्र प्रहरी बलको ए टोलीले पनि प्रदेश–१ एलाई २१–९, २१–१६ को सेटमा पराजित गरेको छ ।

शसस्त्र प्रहरी बलकै बी टोलले सुदुरपश्चिमको ए टोलीलाई कडा चुनौति तेस्र्यायो । यद्यपी शसस्त्र प्रहरी बलले २१–१०, २६–२४ को सेटले पन्छाई छाड्यो । यसैगरी अर्को खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशको ए टोलीलाई सजिलै २१–१०, २१–१२ को सेटमा पराजित गरेको छ । पाँचौ खेलको रुपमा विभागीय टोली हावी हुने क्रममा नेपाल पुलिसले प्रदेश–१ बीलाई २१–१२ र २१–१९ को सेटमा हराएको थियो ।

नेपाल पुलिसकै ए टोलीले प्रदेश १ को ए टोलीलाई २१–१८, २१–११ को सेटले पराजित गर्दै विभागीय क्लबको बर्चस्वलाई कायमै राखे । विभागीय डर्बीको प्रतिस्पर्धामा आर्मीको बीले शसस्त्र प्रहरी बलको बीलाई पराजित गर्ने क्रममा २२–२० र २१–१५ को नजिता निकाल्यो । कर्णाली प्रदेशको ए टोलीले सुदुर पश्चिम प्रदेशको बी टोलीलाई १७–२१, २१–११ र १५–६ को सेटले पराजित गरेको थियो ।

गण्डकी प्रदेशको ए टोलीले दोस्रो खेल खेल्ने क्रममा सुदुरपश्चिम प्रदेशको बी टोलीलाई २१–१० र २१–१६ को सेटमा पन्छाएको थियो । कास्की जिल्ला भलिबल संघको व्यवस्थापन र नेपाल भलिबल संघको आयोजनामा पोखराको लेकसाईडस्थित बाराही खेल मैदानमा आयोजित प्रतियोगितामा पुरुष तर्फ आईतबार क्र्वाटरफाईनलका खेलहरु सञ्चालन हुने छन् ।

कमेन्टहरु
Loading...