पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको अध्यक्षमा छ्याम बहादुर थापा मगर

पोखरा, २३ वैशाख/पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको अध्यक्षमा पुन छ्याम बहादुर थापा मगर चयन भएका छन । बुधवार सम्पन्न संघको तेश्रो अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको अध्यक्षमा छ्याम बहादुर थापा मगर
पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको अध्यक्षमा छ्याम बहादुर थापा मगर

अधिवेशनले संघको प्रथम उपाध्यक्षमा राजकुमार गुरुङ स्याङजा, उपाध्यक्षहरु याम श्रीष बाग्लुङ, विष्णु श्रेष्ठ रुपन्देही, शुभ कन्या गुरुङ कास्की, झक बहादुर मिदुन मगर गुल्मी चयन भएका छन ।

संघको सचिवमा डि।बि। नेपाली, सह सचिवमा तिल बहादुर खण्डुलुङ मगर नवलपरासी, कोषाध्यक्ष हरि वहादुर श्रेष्ठ, सह कोषाध्यक्षमा नारायण बहादुर भण्डारी चयन भएका छन । संघको सदस्यहरुमा प्रमोद चौधरी, पदम बहादुर बिक, कृष्ण गुरुङ, चोक बहादुर थापा, चुडामणी पराजुली, देव नारायण काफ्ले, रमेश श्रेष्ठ चयन भएका छन ।

अधिवेशन समारोहमा वोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले पश्चिमाञ्चल विकास क्षेत्र भलिवलमा अझैपनि पछि परेको वताउदै नया कार्यसमितीले खेललाई तदारुकताका साथ अगाडी वढाउन आग्रह गरे । पौडेलले पोखरा रंगशालामा निर्माण हुन लागेको भलिवल प्रशिक्षण केन्द्रले पश्चिमाञ्चल क्षेत्रको भलिवललाई थप टेवा प्रदान गर्ने समेत वताए ।

कमेन्टहरु
Loading...