बेल्जियमलाई हराउदै वेल्सको ऐतिहासिक जित, सेमिफाइनलमा प्रबेश

बेल्जियमलाई हराउदै वेल्स युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा वेल्सले बेल्जियमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लिलेमा भएको खेलमा बेल्जियमले राम्रो सुरुवात गरेको थियो । १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता लिएको थियो ।

बेल्जियमलाई हराउदै वेल्सको ऐतिहासिक जित
बेल्जियमलाई हराउदै वेल्सको ऐतिहासिक जित

तर, यो खेललाई निरन्तरता दिन सकेन । ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल फर्काए । बेल्जियमविरुद्ध उनले नै कर्नरमा आएको बलमा हेडमार्फत बराबरी गोल फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा सकियो । ५५ औं मिनेटमा हल रोब्सन कानुले गोल गरे भने ८५ औं मिनेटमा साम भोक्सले गोल गर्दै युरो २०१६ को अन्तिम चारमा वेल्सलाई पुर्‍याए । १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेको वेल्सका लागि कुनै पनि ठूलो प्रतियागिताको मा यो नै ठूलो उपलब्धि हो ।

कमेन्टहरु
Loading...