कास्की जिल्लास्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिता सुरु

पोखरा, २१ मङ्सिर। डायमण्ड उमावि लेखनाथ–७ तालचोक कास्कीको रजतजयन्तीको अवसरमा शुक्रबारदेखि विद्यालय प्राड्डणमा कास्की जिल्लास्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिता प्रारम्भ भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले भलिबलको जग भनेकै विद्यालय भएकोले सङ्घले विद्यालयकेन्द्रित योजना ल्याइरहेको बताए। उनले मेहनत र लगनशीलतापूर्वक खेल्ने खेलाडीहरू यसमार्फत जिल्ला, क्षेत्र र राष्ट्र हुँदै अन्तर्राष्ट्रियस्तरसम्म पुग्न सक्ने बताए।उनले रेफ्री चोकबहादुर गुरुङ र चित्र थापालाई बल हस्तान्तरण गरेर खेलको सुरुवात गरेका थिए।

विद्यालयका प्रिन्सिपल यामबहादुर रोकाले रजत जयन्तीको अवसरमा गरिने विभिन्न कार्यक्रमअन्तर्गत छात्र भलिबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। रजतजयन्ती समारोह मूल समारोह समितिका संयोजक एवं निर्देशक समितिका अध्यक्ष माधवशरण उपाध्यायले अभिभावक, विद्यार्थी र शिक्षक तथा स्थानीयवासीको सहयोगले विद्यालय २५ वर्ष प्रवेश गरेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा गरेको बताए।

प्रतियोगिताअन्तर्गत शुक्रबार सात पाँच खेल सम्पन्न भए। जसअन्तर्गत कालिका उमावि रामबजार र चिरगादी बोर्डिङ स्कुल बाघमारा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। पहिलो क्वाटरफाइनल खेलमा कालिका उमाविले सोसल पब्लिक स्कुल बुद्धचोकलाई सोझो दुई सेटमा पराजित ग¥यो।

बेस्ट अफ थ्रीका आधारमा खेलाइएको खेलमा कालिकाले सोसललाई पहिलो सेटमा २५–२० र दोस्रो सेट २५–१९ ले पराजित गरेको थियो। दोस्रो क्वाटरफाइनल खेलमा चिरगादी बोर्डिङ स्कुलले लेखनाथ मेमोरियल स्कुललाई सोझो दुई सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय ग¥यो। चिरगादीले लेखनाथलाई पहिलो सेटमा २५–१० र दोस्रो सेटमा २५–१७ ले पराजित गरेको थियो। शनिबार बिहान जनप्रकाश उमावि भण्डारढिक र शान्तिबाटिका स्कुलीच तेस्रो तथा हिलपोइन्ट हाइस्कुल माटेपानी र करुणानिधि एजुकेशन फाउण्डेशनबीच चौथो क्वाटरफाइनल खेल हुने प्रतियोगिता संयोजक विनोद थापाले जानकारी दिए।

यसअघि शुक्रबार भएको पहिलो खेलमा हिलपोइन्ट हाइस्कुलले पृथ्वीरुपा स्कुल रुपाताललाई २५–१८, २३–२५ र २५–२१ ले पराजित ग¥यो। दोस्रो खेलमा सोसल पब्लिक स्कुलले नेपाल आदर्श आवासीय स्कुल भण्डारढिकलाई २३–२५, २५–१३ र २५–२० ले पराजित ग¥यो। तेस्रो खेलमा करुणानिधि एजुकेशन फाउण्डेशन सिमपानीले बिएमजी बोर्डिङ स्कुल गगनगौंडालाई २५–२० र २५–१० ले पराजित ग¥यो। चौथो खेलमा चिरगादी बोर्डिङ स्कुलले लक्ष्मी उमावि लेखनाथलाई २५–२२ र २५–१५ ले पराजित गरेको थियो।

शनिबार नै सेमिफाइनल तथा फाइनल खेल हुने विद्यालयले जनाएको छ। १३ टीमको सहभागिता रहेको सो प्रतियोगितामा विजेता टीमले नगद नगद १० हजार तथा उपविजता टीमले नगद सात हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद एक हजार प्रदान गरिने छ।

विद्यालय निर्देशक समितिका अध्यक्ष माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल यामबहादुर रोकाले स्वागत मन्तव्य राखेका थिए भने संस्थापक हरि लामिछानेले कार्यक्रम सञ्चलन गरेका थिए। विद्यालयले रजतजयन्तीको अवसरमा छ महिनादेखि विभिन्न कार्यक्रम गर्दै आएको छ।

विद्यालयले रजतजयन्तीको अवसरमा आगामी माघ १५ देखि २१ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्ने जनाएको छ। जसअनुसार माघ १५ गते रक्तदान तथा मिनी म्याराथन, १६ गते वृत्तचित्र प्रदर्शन, १७ गते सरसफाइ, १८ गते परिसंवाद र १९ देखि २१ गतेसम्म शैक्षिक प्रदर्शनी गरिने छ भने २१ गते समापन समारोह गरिने छ।

कमेन्टहरु
Loading...