राष्ट्रिय महिला भलिवल प्रतियोगितमा ७ टिम सहभागि हुने

पोखरा १९, पुष/प्रथम लुम्बिनी च्याम्पीयनशिप २०७० अन्र्तगत पुष अन्तिम सातदेखि पोखरामा संचालन हुन लागेको राष्ट्रिय महिला भलिवल प्रतियोगितामा ७ टिम सहभागि हुने भएका छन । नेपाल भलिवल संघको आयोजना राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोग, क्षेत्रिय भलिवल संघको संयोजनमा हुन लागेको उक्त प्रतियोगितामा बिभागिय दुई नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी वल(एपिएफ) सहित पाँच विकास क्षेत्रबाट पाँच गरी ७ टिमको सहभागिता रहने भएको संघले जनाएको छ ।

पोखरा रंगशालामा १८ औं संस्करणको राष्ट्रिय महिला भलिवल प्रतियोगिता पौष २७ देखि माघ १ गते सम्म हुने भएको हो । विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार र तेश्रो हुनेले २० हजारको साटमा ट्रफी मेडल प्रमाणपत्र पाउने भएको क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापाले बताए । प्रतियोगितालाइ सफल पार्न क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापाको अध्यक्षतमा मुल आयोजक समिति गठन भएको हो । त्यसै गरी विभिन्न उपसमिति संयोजक समेत गठन भएको छ । सचिवालय उपसमिति संयोजक डिवि नेपाली, खेल मैदान व्याबस्थापनमा खुमबहादुर थापा, प्राविधिक उपसमितिमा नारायाण भण्डारी, टिम व्याबस्थापन तथा आवासमा कुमार गुरुङ (राजकुमार) अनुशासन तथा जुरी कमिटिमा यामबहादुर गुरुङ र प्रचारप्रसार उपसमिति संयोजकमा रामनाथ भण्डारी रहेका छन ।

यसै विच पश्चिमाञ्चलको महिला भलिवलको टोली प्रशिक्षणमा व्यस्त रहेको छ । टप्स उच्च माविको परिसरमा हाल महिला भलिवलको प्रशिक्षण जारी रहेको क्षेत्रिय भलिवल संघका सचिव डिबि नेपालीले बताए । उनका अनुसार हाल ज्ञानुबाबा आवासिय उच्च मावि र टप्स उच्च माविका छात्राहरु नै प्रशिक्षणमा रहेको छन भने पुष २३ र २४ गते क्षेत्रिय खेलाडी छनौट हुने छ । छनौट खेलमा पश्चिमाञ्चलका उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय महिला भलिवल खेलको लागि छनौट गरीने नेपालीले जनाए ।

कमेन्टहरु
Loading...