भेट्रान्स खुल्ला भलिबल प्रतियोगिता सुरु

पोखरा, फागुन ७ गते / पोखरामा भेट्रान्स खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल शनिबार हुने छ । प्रतियोगिताको फाइलनमा लेकसाइड भेट्रान्स भलिबल टिम र आयोजक कास्की जिल्ला भलिबल संघ प्रवेश गरेका छन । उपाधिका लागी शनिबार प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा ६ टिमले सहभागीता जनाएका थिए । फेवाताल किनार बसुन्धरा पार्कको मैदानमा आयोजन भएको प्रतियोगिताका विजेताले१५ हजार र उपविजेताले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पोखरा रगंशालामा निर्माण हुन लागेको पश्चिमाञ्लस्तरीय भलिबल प्रशिक्षण केन्द्रको सहयोगार्थ र पूर्व भलिबल खेलाडिहरु वीच भेटघाट तथा भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताए । ‘पोखरा रगंशालामा निर्माणाधिन प्रशिक्षण केन्द्रको सहयोगार्थ र भलिबल खेलाडिहरुको आपसी सम्वन्धलाई कायम राख्न प्रतियोगिता गरिएको हो’ पराजुलीले भने ।

कमेन्टहरु
Loading...