दोश्रो अभियान पुरुष भलिवल चैत्रको पहिलो हप्तामा

पोखरा, १ फागुन /पोखरा लेखनाथ–५ स्थित मालेपाटन खेल मैदानमा चैत्र १ देखी ३ गते सम्म दोश्रो अभियान पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा क्लव तथा संघ संस्था स्तरिय भलिवल प्रतियोगिता हुन लागेको हो ।

बैठकमा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका सदस्य रमेश श्रेष्ठले युवाहरुलाई खेलप्रतिको आकर्षणलाई अझ बढाउनु पर्ने बताउदै प्रतियोगितामा सहभागि हुनको लागि सबैलाई आग्रह गरेका थिए । प्रतियोगिताको बिजेतालाई नगद रु ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु ३० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र रहने कुरा आयोजकले जनाएको छ । त्यस्तैगरि बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट स्पाईकर, बेस्ट प्लेएर, बेस्ट स्पाईकर, बेस्ट सर्भरको विधालाई ट्रफी, प्रमाणपत्र दिईने र अनुशासित टीमलाई प्रशंसा पत्र दिईने आयोजकले जनाएको छ ।

सोमबार बसेको बैठकले विभिन्न उपसमिति गठन गर्दै संयोजकमा जय प्रकाश थापालाई चयन गरेको छ । त्यसैगरि आर्थिकमा ईन्द्र राना, राजकुमारी थापा र सरस्वती गिरी, टीम ईन्ट्रीमा धर्मेन्द्र घर्ती र रमेश जिसी, खेल मैदान मर्मत तथा व्यवस्थापनमा ध्रुब बहादुर नेपाली र सागर गिरी, मञ्च तथा साउण्ड व्यवस्थापनमा राजेश सिके, सुरक्षा तथा स्वयंसेवकमा मुक्ति बिजुक्छे, खेल सामाग्री व्यवस्थापनमा अजय थापा, पुरस्कार व्यवस्थापनमा मुक्त गिरी, प्रचार प्रसारमा राजु गिरी र कृष्ण थापा, अतिथि सत्कार तथा खाजा व्यवस्थापनमा अभियान महिला उपसमिति, फोटो ग्राफरमा जय गुरुङ र मुक्त गिरी, सम्मान पत्र व्यवस्थापनमा बिनोद क्षेत्री र अमृत गुरुङलाई चयन गरेको छ ।

विगत ११ वर्षदेखि क्लबले भलिवल, फुटबल, स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । आगामी हुने भलिवल प्रतियोगिताका लागि क्लवले मालेपाटन खेल मैदानमा स्थाई भलिवल कोर्ट निमार्ण कार्य गरिरहेको छ ।

कमेन्टहरु
Loading...