नेपाल आर्मी र एपिएफ क्लब पुरुष भलिवलको फाइनलमा

सागर राज तिमिल्सिना
पोखरा, १४ पुस/नेपाल आर्मी र एपिएफ क्लब पोखरामा जारी राखेप च्याम्पियनसीप अन्तर्गत ३१ औं पुरुष राष्ट्रिय भलिवल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् । नेपाल आर्मीले अर्को विभागिय टोली नेपाल पुलिसलाई र एपिएफले आयोजक पश्चिमाञ्चललाई हराउदै फाइनमा प्रबेश गरेका हुन् । आर्मीले संघर्षपुर्ण खेलमा नेपाल पुलिसलाई ३–२ को सेटमा हरायो । आर्मीले २५– २३, १९–२५, २५–२३, १९–२५ र १६—१४ को सेटमा हरायो ।

शुक्रबार भएको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले पश्चिमाञ्चललाई ३—० को सोझो सेटमा हराउदै आर्मी सगँको भेट पक्का गरेको हो । एपिएफले २५–१६, २५–२१ र २५–२३ अंक बटुल्दै पश्चिमाञ्चलाई हरायो । तेस्रो स्थानका लागि आयोजक पश्चिमाञ्चल र नेपाल पुलिस क्लब भिड्ने छन् ।

त्यसै गरि २१ औं महिला राष्ट्रिय भलिवल प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रबेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा पश्चिमाञ्चललाई सोझो सेटमा हराउदै एपिएफ फाइनलमा प्रबेश गरेको हो । एपिएफले पश्चिमाञ्चललाई २५–१८, २५–२२ र २५–२२ को सोझो सेटमा जितेको हो । जित सगँ एपिएफ फाइनलमा प्रबेश गरेको छ । शुक्रबार नै भएको अर्को सेमिफाइलनमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदै मध्यमाञ्चलले एपिएफ सगँको भेट पक्का गरेको छ ।

न्युडामण्डका खेलाडीको सेट टिम नै मध्यमाञ्चबाट मैदानमा उत्रिदा नेपाली पुलिस क्लबले ३–१ को सेटमा पराजीत भयो । नेपाल पुलिस क्लबले पहिलो सेट जिते पनि त्यस पछिका सबै तीन खेल नै मध्येमाञ्चले जितेको थियो । मध्येमाञ्चलले २२– २५, २५–२०, २७–२५ र २५–१३ ले हरायो । तेस्रो स्थानका लागि शनिबार पश्चिमाञ्चल र नेपाल पुलिस क्लब विच खेल हुनेछ ।

कमेन्टहरु
Loading...