पोखरामा जारी भलिबलमा एपीएफ टिम ‘ए’ उपाधि नजिक

पोखरा, २० भदौ /  पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरिय भलिबल प्रतियोगिताको फाईनलमा विभागिय टोली एपीएफ टिम ‘ए’ प्रबेश गरेको छ ।

नदीपुर स्थित कर्पाकेली समाजको प्राङ्गणमा शुक्रबार सम्पन्न पहिलो सेमीफाईनल खेलबाट एपीएफ टिम ‘ए’ ले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८, २२–२५, २५–१७ र २५–१५ को सेटले पराजित गर्दै फाईनल प्रबेश गर्याे ।

खेलबाट म्यान अफ द म्याचको रुपमा पोखरा भलिबल ट्रेनिङ सेन्टरका रामचन्द्र बिक घोषित भए । गलकोट क्लब बाग्लुङ र एपीएफ ‘बी’ बिच भएको अर्काे सेमिफाईनल खेल समय अभावका कारण रद्द हुन पुगेको बताउदै खेल संयोजक अनिल गुरुङले खेल शनिबार बिहान ठिक ७ बजे हुने बताए ।

उनका अुनसार सो खेलमा २ सेट एपीएफले र १ सेट बागलुङले हाप पारेको थियो ।
त्यस्तै महिला तर्फ टिजी गर्ल र दोबा समाज उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल खेलबाट लालीगँुरास पुन समाज लामाचौर ‘ए’ लाई टिजी गर्लले २५–११, २५–२२ र २५–५ को सोझो सेटमा पराजित गर्याे ।

यसैगरी दोस्रो सेमिफाईनल खेलमा लालीगँुरास पुन समाज लामाचौर ‘बि’ लाई दोबा समाजले २५–१३, २५–२२ र २५–२२ को सोझो सेट सहित हराउदै फाईलनमा टिजी गर्लको निम्तो पायो । उनीहरुले शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

यस अघि भेट्रान्स तर्फ घान्दु्रकलाई हराउदै अर्चलबोट युनाईटेड र घारीपाटन भेट्रान्सलाई पराजित गर्दै लालीगुँरास पुन समाज लामाचौर फाईनलमा प्रबेश गरिसकेको संयोजक गुरुङले बताए ।

प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्रदान गरिने गुरुङले बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १४ हजार प्रदान गरिने बताए ।

उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ ।

कमेन्टहरु
Loading...