पोखरामा हुने घान्द्रुक भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

पोखरा १२ भदौ / लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरामा क्लब स्तरीय पुरुष, महिला तथा

भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने नारा सहित

भदौ १५ देखी १८ गते सम्म पोखराको नदिपुर स्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा प्रतियोगिता हुने

लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत

फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले जानकारी दिए । उनले पुरुष तर्फ १६ महिला तर्फ ६ र भेट्रान्स तर्फ ७

टिमको सहभागिता रहेको छ । पुरुष तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५० हजार

र उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजार प्राप्त गर्ने गुरुङले बताए ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २२ हजार

२ सय २२ र १५ हजार ५ सय ५५ हात पार्नेछ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र

सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा खेलाडीहरुलाई पुरस्कृत गरिने र प्रतियोगिता अबधिभर

बिभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...