भलिबल प्रतियोगिता ठूलाचौर युवा क्लब प्रथम

पोखरा, ८ बैशाख/खेलकुद विकास समिति पोखरा महानगरपालिका वडा नं. २१ द्वारा आयोजित दोस्रो टोल तथा क्लब स्तरीय भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कृष्ण थापाले खेलकुदको क्षेत्रमा २१ नं. वडाले आफूलाई सवल बनाउँदै लगेको र खेलकुदको माध्यमबाट पर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। त्यसैगरी विशेष अतिथि वडा अध्यक्ष खगराग आचार्यले खेलकुदको विकास वडाको प्राथमिकतामा रहेको जनाएका थिए।

स्वास्थ्यका लागि खेलकुद पर्यटन विकासका लागि खेलकुद भन्ने मूल उद्घोषका साथ जनचेतना मावि निर्मलपोखरीमा वैशाख ६ र ७ गते सम्म सञ्चालन भएको प्रतियोगितामा ठूलाचौर युवा क्लब प्रथम र ठकुरी गाऊँ युवा क्लब द्वितीय हुन सफल भएको छ। प्रतियोगितामा विभिन्न विद्यामा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो।

त्यसैगरी पोखरा २१ बाट उत्पादन भई राष्ट्रिय स्तर सम्म पुगेका खेलाडी, प्रशिक्षक एवम् रेफ्रीहरु देवराज सुनार, रामचन्द्र गिरी, धु्रब कार्की, जिवन रानामगर, यामबहादुर सारु, विजय आले, अजित गिरी र तान्डव न्यूजका सम्पादक अर्जुन गिरीलाई सम्मान गरिएको थियो ।

नारायण बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा भक्त बहादुर गुरुङ (सुवास)ले स्वागत मन्तव्य तथा सचिव विजय पौडेल कार्यक्रम सञ्चालन गरेका थिए । नेकपा कास्कीका युवराज पौडेल, हिरा गिरी, झपट रानाभाट, श्रीराम सुवेदी, प्रकाश पौडेल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...