टुँडिखेलमा माइटी शेर्पा ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

पोखरा, १६ चैत्र /टुँडिखेल युथ क्लव, पोलेमनपा–१ को आयोजनामा पुरानो टुँडिखेल मैदानमा जारी माइटी शेर्पा ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता–२०७४ को उपाधीका लागि संगम भेट्रान्स र दिप युनाइटेड भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनल खेलमा संगमले टुँडिखेल भेट्रान्सलाई ४–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यस्तै अर्को प्रतिस्पर्धात्मक खेलमा दिपले लेकसाइड भेट्रान्सलाई टाई बे्रकरमा २–० ले पराजित ग¥यो । निर्धातिर समयको खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाई बे्रकरमा पुगेको हो ।

प्रतियोगिताको फाइनल खेल शनिबार बिहान हुने आयोजक क्लवका सल्लाहकार हिटलर घलेले जानकारी दिए । नेपाल बु्रअरी प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५,५५५ कप, मेडल, प्रमाणपत्र, द्वितिय हुने टिमले ३३,३३३ कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोलकिपरलाई ट्रफि तथा प्रमाणपत्रले पुरस्कृत गरिने छ ।

कमेन्टहरु
Loading...