पोखरामा भेट्रान्स भलिवल हुने

पोखरा, ५ फागुन /कास्की जिल्ला भलिवल संघको आयोजनामा पोखरामा फागुणको ७ र ८ गते खुल्ला भेट्रान्स भलिवल प्रतियोगिता हुने भएको छ ।

लेकसाइडस्थित बसुन्धरा पार्कमा हुने सो प्रतियोगितामा ४० वर्ष माथिका खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितमा प्रथम हुने समुहले नगद १५ हजार र मेडल तथा द्धितिय हुने समुहले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका प्रचार प्रसार संयोजक मोहन थापाले जानकारी दिए ।

पोखरा रंगशालाभित्र बन्दै गरेको क्षेत्रिय भलिवल प्रशिक्षण केन्द्रको प्रचार प्रसार गरि थप सहयोग संकलन गर्ने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरिएको संघ कास्कीका अध्यक्ष भिम पराजुलीले बताए ।

प्रतियोगितालाई प्लारा पाइलट तथा पूर्व भलिवल खेलाडी अशोक पराजुली, नुरेन थापा तथा नमस्ते नान्दोज रेष्टुरेण्टले आर्थिक सहयोग गरेका छन् ।

कमेन्टहरु
Loading...