गाविसस्तरीय भलिबल प्रतियोगिता स्थगित, चैतमा हुने

पोखरा, २६ माघ। कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा आगामी फागुन १ देखि ३ गतेसम्म पोखरा र·शालामा सञ्चालन हुने भनिएको गाविसस्तरीय पुरुष भलिबल प्रतियोगिता स्थगित भएको छ। सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा हालै बसेको बैठकले तत्कालका लागि प्रतियोगिता स्थगित गरेको हो। स्थगित प्रतियोगिता आगामी चैत २२ गते हुने भएको छ। कास्की जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला भलिबल सङ्घको संयोजनमा हुने खेलकुद महोत्सवअन्तर्गत सो प्रतियोगिता हुने सङ्घका सचिव कुमार गुरुङले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ३० हजार, द्वितीय हुने टीमलाई नगद २० हजार तथा तृतीय हुने टीमलाई नगद १० हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।कास्की जिल्लामा ४३ गाविस रहेका छन्। यस्तै बेस्ट प्लेयर, बेस्ट स्पाइकर र बेस्ट लिÇटरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताको संयोजकमा सङ्घका वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचन रहेका छन्। कास्की जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र कास्की जिल्ला भलिबल सङ्घका पदाधिकारीबीचको छलफलपछि प्रतियोगितामा चैत २२ गते निर्णय गरिएको भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले जानकारी दिए।

कमेन्टहरु
Loading...