स्याङजाको स्वरेकमा भलिबल प्रतियोगीता शुरु

पोखरा, ११ भाद्र स्याङजा जिल्लाको स्वरेक गाविस वडानं ५मा रहेको नब सृजना युवा क्लबको आयोजनामा भलिबल प्रतियोगीता शुरु भएको छ । सोमबार देखि शुरु भएको प्रतियोगीताको स्याङजाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावतले उदघा्टन गर्नु भयो । प्रमुख जिल्ला अधिकारी रावतले एम्पाएर शंकर सेन लाई भलिबल हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गर्नु भएको हो । उहाँले भलिबल प्रतियोगीताको सफलताको कामना गर्दे प्रतियोगीता लाई ब्यबस्थीत बनाउन यथेस्ट सुरक्षा प्रबन्ध मिलाउने बताउनु भयो ।
उहाँले नब सृजना युवा क्लबले नाम जस्तै काम गरेको भन्दै आगामी दिनमा पनि क्लबले उदारणीय कार्य गर्नु पर्ने बताउनु भयो । कार्यक्रमका विशेष अतिथि समाजसेवी खुमा अर्यालले क्लबले आयोजना गरेको कार्यक्रमले युवाहरु लाई खेलकुदमा लाग्न उर्जा थपोस भन्दै प्रथम पुरस्कार दिने घोषणा गर्नु भयो । एमाओबादीका २ नं क्षेत्रका संयोजक एव युवा नेता टिकाराम रेग्मीले खेलकुदको विकासले राष्ट्रको विकास हुने भन्दै आफ्नो पार्टीले खेलकुद लाई प्राथमीकतामा पार्दे आएको बताउदै खेलकुदको क्षेत्रमा सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेस स्वरेक गाविसका सभापति टिकाराम पराजुली , एमालेका गाविस अध्यक्ष कृष्ण बहादुर थापा ,राप्रपाका होमीन्द्र बहादुर सेन , गाविस सचिब जिवनाथ पौडेल ,पत्रकार राज शर्मा ,जिल्ला खेलकुद विकास समिति स्याङजाका कोषाध्यक्ष अर्जुन काफ्ले , भैरव कालिका आमा समुहका अध्यक्ष शसि सेन लगायतले बोल्नु भएको कार्यक्रम क्लबका आजिवन सदस्य छायाराम खनालको अध्यक्षतामा भएको थियो भने संचालन नब सृजना युवा क्लबका अध्यक्ष घनश्याम पाण्डेयले गर्नु भएको थियो ।
प्रतियोगीतामा खुमा अर्यालले नगद ३० हजार प्रथम पुरस्कार दिने घोषणा गर्नु भयो भने स्वरेक गाविसका सचिव जिवनाथ पौडेलले दोस्रो पुरस्कार २० हजार गाविसले दिने बताउनु भयो यस्तै तेस्रो पुरस्कार क्लबका सदस्य एवं सुभचिन्तक महेन्द्र पाण्डेयले नगद १० हजार विदेश बाट सहयोग गर्नु भएको क्लबले जनाएको छ ।
 

कमेन्टहरु
Loading...