भ्याली स्पोर्टस् बिश्वकर्मा कपको प्रिक्वाटर फाईनलमा

पोखरा, २५ भदौ / बिश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा पोखराको पुरानो टुडिखेलमा जारी प्रथम बिश्वकर्मा कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगितामा सानदार जितसँगै भ्याली स्पोर्टस् क्बल प्रिक्वाटरफाईनलमा प्रबेश गरेको छ ।

मंगलबार सम्पन्न दोस्रो चरणको खेलमा नदीपुर क्लबलाई ८–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै भ्याली स्पोर्टस् अन्तिम १६ मा प्रबेश गरेको हो । भ्यालीसँगै अन्य ७ टिम प्रिक्वाटरफाईनलमा प्रबेश गरेको आयोजक संस्थाका सदस्य सुरज बिकले जानकारी दिए ।

उनका अनुसार तेस्रो बिष्णु तिमिल्सिना स्मृति कप च्याम्पियन तारा फुटबल क्लबको अनुपस्थितिमा योङस्टार एफ.सी वाकओभर मार्फत बिजयी बन्यो । पुरुन्चौर क्लबलाई एल.जी एशोसियसनले ४–१ गोल अन्तरले हरायो । अर्काे खेलमा लाहाचोकलाई बिष्णुपादुका हेमजाले ४–० को गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान जमायो ।

सँगम क्लबले रत्नसमाज कस्केरी जुनियरलाई ४–१ गोलले पाखा लगायो । आर एस एफ.सी ले मकवानपुर क्लबलाई ३–० गोल अन्तरले पराजित गर्याे ।

त्यस्तै मित्रता क्लबले ग्रीन क्लबलाई २–१ गोल नतिजा सहित खेलबाट पाखा लगायो भने अन्तिम खेलमा एल.जी एशोसियसनलाई सिम्पानी एफ.सीले ३–२ गोल अन्तरले हराउदै प्रिक्वाटरफाईनलको यात्रा तय गर्याे ।

आगामी २८ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख १ हजार १ सय ११ रुपैया र उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५१ हजार १ सय ११ रुपैया प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा बिधागत रुपमा सर्बाेत्कृट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, तथा सर्बाधिक गोलकर्ता बन्न सफल खेलाडीलाई आकर्षक पुरस्कारको ब्यबस्था गरिएको समेत आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...