युनाइटेड क्लबद्धारा कास्की कारागारलाई कम्युटर प्रदान

पोखरा, २ बैशाख / सामाजिक सेवा मार्फत चार नम्बर प्रदेशमा छुट्टै नाम राख्न सफल युनाइटेड क्लव पोखराले कास्की कारागारमा रहेका कैदी बन्दीहरुलाई दुई थान कम्प्युटर प्रदान गरेको छ । बन्दी जीवन विताइरहेका कैदी बन्दीहरुलाई सीप सिकाइमा सहजता प्रदान गर्ने उद्देश्य स्वरुप क्लवले आफ्नो आठांै वार्षिकोत्सवको अवसरमा आयोजित साता ब्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन कास्की कारागारमा रहेका कैदी बन्दीहरुलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

क्लवका अध्यक्ष सुक बहादुर गुरुङ सहितको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको रोहबरमा कास्की जिल्ला कारागारका जेलर हरि प्रसाद गौतमलाई कम्प्युटर हस्तान्तरण गरेको हो । उक्त समारोहमा वोल्दै कास्कीका प्रमुख जिल्ला प्रमुख अधिकारीले युनाइटेड क्लवले स्थापना कालदेखीनै सामाजिक सेवामा अनवरत रुपमा लागिरहेको लागेको वताउदै आगामी दिनमापनि सामाजिक कार्यलाई निरन्तरता दिदै सक्रियताका साथ अगाडी वढ्न आग्रह गरे ।

महोत्सवको आयोजना गरी सामाजिक कार्यमा लाग्नु चुनौतीपूर्ण कार्य रहेको वताउदै यस्ता सामाजिक काम गर्ने युनाइटेड क्लवको अनुसरण गर्न सके सक्षम समाज निर्माण हुने अधिकारीको भनाइ रहेको थियो । कम्प्युटर ग्रहण गर्दै कास्की कारागारका जेलर हरि प्रसाद गौतमले कैदी जीवन बिताइरहेका बन्दीहरुलाई तिखार ल्याउनका लागी युनाइटेड क्लवले प्रदान गरेको कम्प्युटरले महत्वपूर्ण भुमिका खेल्ने वताए । कैद जीवन विताउनेहरुलाई सीपमुलक क्रियाकलापमा सहभागी गराउनका लागी सामाजिक संघ सस्था क्लवहरुको भुमिका उल्लेखनीय रहेको उनको भनाइ छ ।

क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लवले सात वर्षको यात्रामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा जोड दिदै आइरहदा यो वर्ष जानेर वा नजानेर विभिन्न अपराधमा संलग्न भइ कैदी जीवन विताइरहेका ब्याक्तिहरुलाई सहयोग गर्न पाउदा निकै खुसी लागेको वताए ।

कार्यक्रममा जिल्ला कारागार कास्की आन्तरिक प्रशासन प्रमुख सफिक मिया, क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, कोषाध्यक्ष गणेश तिमिल्सिना, सचिव शान्ता बहादुर थापा, सदस्यहरु सूर्य बहादुर बानिया, निर्मला लामिछाने, पूर्णकला पोख्रेल, क्लवका आजिवन सदस्य राजेन्द्र तिवारी लगायतको सहभागीता रहेको थियो ।

क्लवका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष तथा सप्ताहब्यापी कार्यक्रमका मुल आयोजक समितीका संयोजक लालकाजी गुरुङले स्वागत मन्तब्य राखेका थिएभने क्लवका महासचिव राजु श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा कारागारको तर्फबाट कास्की कारागारका आन्तरिक प्रशासन संरक्षक लक्षु कुमार गुरुङले धन्यवाद मन्तब्य राखेका थिए ।

कमेन्टहरु
Loading...