चौथो यूनिप्स खेलकुद महेत्सबमा एथलेटिक्सका खेलहरु जारी, मंगलबार सम्पन्न हुने

पोखरा, २ पुष /निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो खेलकुद महोत्सब अन्र्तगत सोमबार पोखरा रंगशालामा एथलेटिक्सका खेलहरु जारी रहेका छन । सोमबार सम्पन्न लङजम्प छात्र माबी तर्फ गेफका सुमन बिक प्रथम, एकताका अमरेश गुरुङ द्वितिय, वेलननका शिब बिक तृतिय र ज्ञानकुञ्जका दिपेन दुराले सान्तवना स्थान प्राप्त गरेका छन । सोही विद्याको छात्रा तर्फ कालिकाकी स्वस्तिका क्षेत्री प्रथम, सत्यसाईकी प्रतिभा गुरुङ द्वितिय, एकताकी विद्या पोखरेल तृतिय र वेलननकी प्रियंका कार्कीले सान्तवना स्थान हासिल गरिन ।

त्यसैगरि माबी छात्र तर्फ सटपुटमा वेलननका शिब बिक प्रथम, माउन्ट हेभेनका निशान गुरुङ द्वितिय, ज्ञानकुञ्जका शुसिल गुरुङले तृतिय स्थान प्राप्त गरेका छन । सोही स्पार्धाको छात्रा तर्फको खेलमा वेलननकी मनिशा केसी प्रथम, गेफकी बबिता गुरुङ द्वितिय र स्माइल हेभेनकी निशा सुनार तृतिय भइन । प्रतियोगिता अन्र्तगत लङजम्प निमाबी छात्र तर्फ वेलननका सुमन बिक प्रथम, कालिकाका अशिम खडका द्वितिय र ज्ञानकुञ्जका दर्पण रोक्का तृतिय भए । सोही स्पर्धाको निमावी छात्र तर्फ वेलननका संजित बिक प्रथम, राइजिङ सनका मनिश बिक द्वितिय र पञ्चासेका सन्देश बिक तृतिय भएकाछन ।

यसै गरि सटपुट निमाबी छात्राको खेलमा ज्ञानकुञ्जकी आकृती गुरुङ प्रथम, वेलननकी रेखा पुन द्वितिय र कालिकाकी सफलता जिशी तृतिय भएका छन । सटपुट निमाबी छात्र तर्फको खेलमा पिनाकलका कुमार बिक प्रथम, ज्ञानकुञ्जका दर्पण रोक्का द्वितिय र होली एञ्जलका राजेश परियार तृतिय भएका छन । चौथो यूनिप्स खेलकुद महोत्सब अन्र्तगत मंगलबार सम्पन्न हुने प्रतियोगिताका प्रचार– प्रसार स्रंयोजक सन्तोष तिवारीले जानकारी दिएका छन । एक साता देखि चलेको खेलकुद महोत्सवमा १८ विद्यालयका ३ हजार विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गरेको यूनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङले बताए । मंगलबार एक समारोहका विच पोखरा रंगशालमा कार्यक्रम समापन गरिने प्रतियोगिताका संयोजक ध्रुब गिरीले बताएका छन ।

कमेन्टहरु
Loading...