एशियाडमा रजक पदक विजेता युकेश गुरुङ दुधपोखरी तमु समाजमा सम्मानित

पोखरा, २ असोज/ इण्डोनेशियामा हालै सम्पन्न १८ औं एशियाडमा नेपालका लागि रजक पदक विजेता

प्याराग्लाइडिङ्ग खेलाडी युकेश गुरुङ आइतवार पोखरा १२ माटेपानीस्थित दुधपोखरी तमु समाजमा सम्मानित

हुनुभएको छ।

कास्की जिल्ला मादी गाउपालिका वडा नं. २ ताङतिङ गाँउ भई हाल पोखरा महानगरपालिका लेकसाइड निवासी

समाजका सदस्य भुपालसिंह गुरुङ र भगवती गुरुङको १७ वर्षिय छोरा युकेश गुरुङ नेपालको तर्फबाट

प्याराग्लाइडिङ खेलको टिममा सहभागी भई सर्वाधिक अंकका साथ नेपाललाई रजक पदक दिलाउन सफल

भएको भन्दै सम्मान गरिएको हो।

रजक पदक विजेता युकेश गुरुङ प्रमुख अतिथि, नामार्जुङका पुर्व प्रधानसमेत रहनु भएका दुधपोखरी तमु

समाजका संरक्षक, समाजसेवी देवीजंग गुरुङ, समाजका संरक्षक मेजर बालासिंह गुरुङ, समाजका पुर्व अध्यक्ष

तथा सल्लाहकार हर्कधोज गुरुङ, पुर्व अध्यक्ष तथा सल्लाहकार सुवेदार मेजर श्रीप्रसाद गुरुङ, सल्लाहकार सुवेदार

मेजर हेमप्रसाद गुरुङ,सल्लाहकार दानश्री गुरुङ र कार्यवाहक अध्यक्ष सुमे जसबहादुर गुरुङले सम्मानपत्र,

दोसल्ला, नगद, फुल माला, खदासहित अबिर लगाएर सम्मान गरिएको हो।

यसैविच कार्यक्रममा एशियाडमा नेपाललाई खाली हात हुनबाट जोगाउदै रजत पदक प्राप्त गरेको प्याराग्लाइडिङ

खेलका सदस्य युकेश गुरुङलाई ताङतिङको पण्डितटोल नौचु पैगीलामा चेलीबेटीहरुलाई नगदसहित सम्मान,

ताङतिङ क्रबाथर नौचु पैगी लामाका आमा समुहबाट नगदसहित सम्मान र दुधपोखरी तमु समाजका सदस्य एवं

कार्यक्रमका सहभागीहरुले फूल, माला, खादासहित दुधपोखरी तमु समाज, ताङतिङ गाँउ मात्रै नभएर पोखरका

साथै नेपालको गौरब बढाएको भन्दै बधाईका साथ सम्मान गरेका थिए।,

कमेन्टहरु
Loading...