पोखरामा जारी यु–१८ टेनिसमा प्रि क्वाटरका खेल सम्पन्न

पो्खरा, २३ माघ /अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा जारी १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगितामा बुधबार पुरुष तथा महिला एकलतर्फ प्रि क्वाटरफाइनल खेल सम्पन्न भएका छन् । डबल्सतर्फभने क्वाटरफाइनलका खेलहरु सकिएका छन् ।

पुरुष एकलतर्फ बुधबार भएको खेलमा फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाले जर्मनका पउल अर्मिनलाई ७–५, ६–१ को सेटमा पराजित गरे । एन्टिनियो जारी प्रतियोगितामा शिर्ष वरियताका खेलाडी हुन् । सिडिङ्गमा उनलाई १ नम्बर दिइएको छ । त्यसैगरि जापानका जेनी इनोउले प्रभावशालि खेल प्रस्तुत गर्दै भारतका अनमोल जैन पंकजलाई पराजित गरे । उनले जैनलाई ६–०, ६–२ को सहज सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

पुरुष एकलतर्फका अन्य खेलहरुमा भारतका अनुराग अग्रवालले जापानका ताकुमी वातानावेलाई ६–१, ६–२ ले, भारतकै इशान सेठीले चाइनाका जिछुन लीलाई ६–४, ६–३ ले, भारतकै दिपेन्द्र अग्रवालले कोरियाका जुविन किमलाई ६–३, ६–२ ले, भारतकै उदयबिर सिंहले चाइनाका चेन लियाङलाई ६–१, ६–३ ले, हङकङका केल लोल इन ताङ्गले भारतका आदित्य बरदान राय चौधरीलाई ६–१, ६–३ ले, जापानका किजु मियाकेले भारतका जेराल यासिनलाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे ।

प्रतियोगितामा महिला एकलतर्फ चाइनाकी ले यि लियुले भारतकी श्रृष्टि धिरलाई ६–२, ६–० ले, भारतकी रेन्नी सिंग्लाले नेपालकी अभिलाषा विष्टलाई ६–१, ६–२ ले, भारतकै रिया बोभेजाले भारतकै अमिक किरन बाथलाई ६–३, ६–१ ले, बुलगेरियाकी भिक्टोरिया भेलेभाले जापानकी जुलिया दैया बार्देनलाई ६–३, ६–२ ले, कोरियाकी जुमिन कोङ्गले चाइनाकी जियु झाङ्गलाई ६–३, ५–७ र ६–४ ले, चाइनाकी इटोङ्ग झाङ्गले ताइवानकी लि सिन लिनलाई ६–२, ६–० ले तथा चाइनाकी जिछुवन जेङले श्रीलंकाकी अञ्जलिका कुरेरालाई ३–६, ६–२ र ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइन् ।

पुरुषको डबल्सतर्फ भारतका उदयबिर सिंह र फिलिपिन्सका जोेसे एन्टिनियो ट्रियाको जोडीले चाइनाका जिछुवान लि र चेन लियाङको जोडीलाई ६–४, ६–४ ले, पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे भने महिलातर्फ केरियाकी जुमिन कोङ्ग र ताइवानकी लि सिन लिनको जोडीले नेपालका प्रेरणा कोइराला र सलोनी तामाङ्गको जोडीमाथि ६–१, ३–६ र सुपरटाईमा १०–४ को नतिजा निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित पारे । चाइनाका युजुन लुओ र जियु झाङ्गको जोडीले नेपालका एनी माथेमा र भारतका बन्हि पाञ्चालको जोडीलाई ६–२, ६–१ को सेटमा पराजित गरे । प्रतियोगिता अन्तर्गत बिहिबार पुरुष तथा महिला एकलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु हुने आइटीएफ प्रतिनिधी प्रविण नायकले जानकारी दिए ।

कमेन्टहरु
Loading...