यु–१८ आइटीएफ टेनिसमा पुरुषतर्फ जापानका गेनी र महिलातर्फ भारतका सिंग्ला प्रथम

पोखरा, ४ फागुन /अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा सम्पन्न १८ वर्ष मुनिको आइटीएफ सर्किट २ टेनिस प्रतियोगितामा पुरुषतर्फ जापानका गेनी इनो र महिला भारतका रेन्नी सिंग्ला प्रथम भएका छन् ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा गेनीले भारतका उदयबिर सिंहमाथि संघर्षपूर्ण जित निकाले उनले सिंहलाई ६–३, ५–७ र ७–६ को कठिन सेटमा पराजित गर्दै उपाधी कब्जा गरेका हुन् । महिला एकलमा भारतका सिंग्लाले चाइनाका ले यु लियुलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हाँसिल गरेकि हुन् ।

एकलतर्पmका विजेताले आइटीएफको ३०/३० अंक तथा उप–विजेताले १८/१८ अंक प्राप्त गरे । प्रतियोगितामा पुरुष डबल्सतर्फ जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले प्रथम स्थान हाँसिल गरेका थिए । हङकङकका केल लोक इन ताङ र इन्डोनेशियाका जेरालले दोश्रो स्थान हाँसिल गरे । महिला डबल्सतर्फ चाइनाका ले यु लियु र इटोङ्ग झाङको जोडी प्रथम भए भने चाइनाकै जुछुआन लुओ र जियु झाङको जोडीले दोश्रो स्थान हाँसिल गरे । डबल्सतर्फ प्रथमले २५/२५ अंक तथा दोश्रो हुनेले १३/१३ अंक आफ्नों आइटीएफ खातामा जोड्न सफल भए ।

विजयी खेलाडीहरुलाई एक समारोहका विच मेडलद्वारा पुरस्कृत गरियो । कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा संघका महासचिव नविन चालिसे, आइटीएफ प्रतिनिधी प्रविण नायक, प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेल लगायतले प्रतियोगिताका बारेमा बोलेका थिए ।

कमेन्टहरु
Loading...