शनिवारदेखि पोखरामा अन्तर्राष्ट्रिय आइटिएफ टेनिस प्रतियोगिता हुने

पोखरा, १२ असोज
शनिवारदेखि, पोखरामा अन्तर्राष्ट्रिय आइटिएफ सिनियर टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस

संघको आयोजनामा सिनियर वल्ड ¥याङ्किङ टेनिस प्रतियोगिता हुन लागेको हो । शुक्रबार पत्रकार सम्मलेनको

आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिइएको छ ।

फोर्थ ग्रेडमा हुने प्रतियोगिता ३५, ४५ र ५५ वर्षमाथि उमेर समुहको सिंगल्स र डबल्स दुबै प्रतिस्पर्धीमा हुने छ ।

प्रतियोगितामा भाग लिन शुक्रबार बेलुका ६ बजे भित्र नाम दर्ता गराइ सक्नु पर्ने आयोजकले जनाएको छ ।

नेपाल बाहेक भारत र नेदरल्यान्डका खेलडी पनि प्रतियोगितामा सहभागि हुने आयोजकको भनाइ छ ।

प्रतियोगितामा जम्मा ८६ खेलाडी सहभागी हुने छन् । जसमध्ये १५ खेलाडी भारत र १ जना खेलाडी नेदरल्यान्डबाट

रहेको आयोजकले जनाएको छ ।

नेपालका १ नम्बर टेनिस खेलाडी कमल भण्डारी, दोस्रो नम्बरका दिलिप मोहन्ती, भारतका भेङ्कर कोथियाना साथै

नेपालका चर्चित टेनिस खेलाडी मनोज राना, प्रदिपकुमार गुप्ता, पूर्वउपप्रधानमन्त्री तथा खेलाडी कमल थापा

लगायतको प्रतिस्पर्धामा सहभागिता रहने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए ।

प्रतियोगितामा सिंगल्सतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितिय हुनेलाई १४ हजार र सेमिफाइनलमा पुग्ने समुहलाई

५÷५ हजार नगद र ट्रफी प्रदान गरिने कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले बताए । यस्तै,

डबल्सतर्फ प्रथम हुनेलाई २० हजार द्वितिय हुनेलाई १० हजार नगद र ट्रफी प्रदान गरिने छ ।

प्रतियोगिताको फाइनलमा पुग्न ३०, सेमिफाइनलमा पुग्न २०, क्वाटरफाइनलमा पुग्न १०÷१० पोइन्ट प्राप्त गर्नु पर्ने छ

। खेलाडीले पाएको पोइन्टको आधारमा विश्व वरियता गणना हुने आयोजकको भनाई छ ।

इन्टरनेसनल टेनिस फेडेरेसन र नेपाल टेनिस संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

 

कमेन्टहरु
Loading...