पोखरामा टेनिस खेलमा भविष्य कोर्दै ५० बालवालिका

पोखरा, ७ बैशाख /पोखरा रंगशालाको लन टेनिस कोर्ट यति बेला व्यस्त छ । ब्यस्तताको कारण अरु केही नभएर ५० जना केटा केटीहरु टेनिस सिक्न आउनेको जमात छ । उनीहरु त्यसैमा आफुनो भविष्य कोर्न व्यस्त समेत छन । त्यही जमात भित्र डेमसाइडकी वर्ष ९ की लसथा श्रेष्ठ समेत छन । उनी विद्यालय विदाको समयलाई टेनिस खेल सिक्न उपयोग गर्दै छिन ।

लसथाको टेनिस मोह जागेको अभिभावकका कारणले भएको उनी वताउँछिन । पोखरा रंगशालामा विशेष गरि ड्राइभिङ्ग हटे पछि धेरै अभिभावक खुसी छन । ‘पहिला त रंगशालामा वच्चाहरु पठाउनै डर थियो कतै दुर्घटना होला भन्ने पिर लागिरहन्थ्यो तर अव त्यस्तो छैन र खेल्नका लागि राम्रो वातावरण बनेको छ’ एक अभिभावक गौतम उदास वताउँछन । त्यती मात्र होइन कास्की लन टेनिस संघका पदाधिकारीको सक्रियताका कारणले पनि उनले आफ्ना ३ जना वच्चा एक छोरी सहित टेनिस सिक्न रंगशाला ल्याउँछन र तिन घन्टा सम्म उनीहरुको खेल हेरेर रमाउने गरेका छन । उनी भन्छन–‘म आफु टेनिस खेल्दिन तर यहाँको सिकाउने वातावरणले मलाई एकदमै मन प¥यो ।’

पोखरामा टेनिस खेलमा भविष्य कोर्दै ५० बालवालिका तस्विरः सुदर्शन रंजित
पोखरामा टेनिस खेलमा भविष्य कोर्दै ५० बालवालिका तस्विरः सुदर्शन रंजित

वर्ष १३ की जुना म्याग्लेन सेन्ट म्यारिजमा कक्षा ८ मा पढ्छीन । उनको पनि मन पर्ने खेल टेनिस हो । उनका अभिभावकले उनलाई तालिममा राखेपछि खुसी देखिन्छिन । उनले तालिममा आए पछि धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँछिन । ‘अव म नेशनल प्लेयर बन्ने हो’ उनले भावी योजना सुनाइन । ‘अव त मेरो कन्फिडेन्स लेभल पनि वढेको छ’ उनले भनिन ।
न्युरोडका आभान श्रेष्ठ भर्खर १४ वर्षमा टेके । यस भन्दा अघि उनले टेनिस सिकेका थिएनन । उनले एक महिना देखी लगातार टेनिस सिक्दै छन । पढाइ भन्दा वाहेक टिभीमा टेनिस खेल हेरेर रमाउने उनी आफै टेनिस कोर्टमा खेल्न पाउँद खुसि लागेको वताउँछन ।

आभान संग सिक्ने अर्का हुन वर्ष ११ का आरभ श्रेष्ठ । आरभले कहिले काँही व्याडमिन्टन खेलेको अनुभव भए पनि टेनिस सिकेका थिएनन । एक महिनामा नै आफुले धेरै सिकेको अनुभव उनी संग छ । अव उनी व्याडमिन्टन छोडेर टेनिस अगाल्ने उनी वताउँछन । लन टेनिस संघ कास्कीले विद्यालय विदाको बेला पारेर विभिन्न विद्यालयमा पढने ५० जनालाई टेनिसको प्रशिक्षण दिएको छ । उनीहरुलाई प्रशिक्षक निरज थापा, अनिल शाही, प्रदिप खडका र नविन मगरले प्रशिक्षण दिइरहेका छन । प्रशिक्षणका बारेमा जानकारी दिंदै प्रशिक्षक थापाले प्रशिक्षण उत्साह जनक रहेको बताए ।

बच्चाहरु संगको वातावरणमा घुलमिल भएर सिकाउन एकदमै राम्रो भएको छ । गत वर्ष २२ जना भए पनि यो वर्ष ५० जना भएकोमा आफु उत्साही बनेको उनको भनाई थियो । ‘हाम्रो काम नै यहि हो राम्रो खेलाडी उत्पादन गर्न पाए हाम्रो पनि नाम रहने हो’ उनले भने । लन टेनिस संघ कास्कीका सचिव एवम प्रशिक्षण संयोजक लोक गुरुङ्गले जुनियर खेलाडी उत्पादन गर्न प्रशिक्षणले सहयोग पुग्ने बताए । पूर्वाधार भए पनि खेलाडी नहुँदा पूर्वाधारले कुनै अर्थ नराख्ने वताउँदै गुरुङ्गले यो प्रशिक्षण बाट कास्कीको टेनिस खेलको भविष्य समेत देखेको बताए । ‘पुर्वाधार भएर मात्र भएर नहुँदो रहेछ खेलाडी आवश्यक पर्छ अव यहाँ खेलाडी उत्पादन गर्ने थलो भएको छ’ उनले भने ।

‘विगतमा महिला खेलाडी पाउन निकै समस्या थियो अव यिनै ५० जना बाट हामीले महिला खेलाडी उत्पादन गर्छौ जसले कास्कीको प्रतिनिधित्व गर्ने छन’ गुरुङ्गले भने–‘हामीले लामो समय देखि बुनेको सपना पुरा हुने देखेका छौ ।’ जव बच्चाहरु टेनिस कोर्ट आउन थाले छुट्टी गरिएको शनिवार समेत उनीहरु घरमा बस्न नमानेको सचिव गुरुङ्गले बताए । एक दिन कोर्टमा आउन नपाउँदा उनीहरु अभिभावक संग रुने गरको समेत उनको भनाइ थियो । ‘उनीहरु एक दिन पनि प्रशिक्षण मिस गर्नै चाहन्नन् उनीहरुमा खेल प्रतिको लगाव वढ्दै गएको छ । र्याकेट चलाउने ‘फिलिङ्ग’ आए पछि उनीहरुमा टेनिस खेलको मोह जागेको छ ।’ विदाको बेला घरमा वसेर एकहोरो मोवाइल चलाउने र टिभी हेर्ने बानीमा समेत निकै सुधार आएको अभिभावकले उनलाई सुनाएको गुरुङ्गले वताए ।

यति बेला कास्की लन टेनिस संघले अन्तराष्ट्रिय मापदण्डका ५ वटा कोर्टहरु तयार पारेको छ । गत वर्ष अन्राष्ट्रिय लन टेनिस महासंघको बैठकमा अध्यक्ष विनोद कायस्थ सहभागी भए । अहिले महासंघले पोखरामा अन्तराष्ट्रिय भेट्रान्स प्रतियोगिता गर्न स्विकृत गरेको छ । कायस्थका अनुसार ५ वटा कोर्ट भएकाले यो वर्ष एक साता बस्ने गरि खेलाडीहरु पोखरा आउने छन । ‘तर यदि ८ वटा कोर्ट हुन्थ्यो भने दुइ साताका लागि खेल संचालन हुन्थ्यो । अर्को वर्ष त्यस्को तयारी गर्ने छौ र तिन वटा कोर्ट थप्ने छौ’ अध्यक्ष कायस्थले भने । ‘पोखरा अन्तरष्ट्रिय पर्यटकिय गन्तव्यको पहिचानका लागि मात्र नभएर पोखरामा टेनिस कोर्टको पूर्वाधारका कारण थप पर्यटक पोखरा आउन सहयोग पुग्ने‘ उनको भनाइ थियो ।

कमेन्टहरु
Loading...