टेनिसमा पाकिस्तानका हसिसको दोहोरो जित

पोखरा, ११ मंसिर / कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट २ मा पाकिस्तानी खेलाडी हसिस् कुमारले विजयी शुरुवात गरेका छन् ।

मंगलबार पोखरा रंगशालामा भएको खेलमा पुरुष एकलमा हसिस्ले नेपालका सफल श्रेष्ठलाई ६–१, ६–१ को सहज सेटमा जित निकाले । मंगलबारनै भएको अर्को खेलमा अकि जुवेन रावतले सौगात खड्कालाई ६–२, ६–१ ले, आरब हाडाले राजबिर प्रधानलाई ६–१, ६–० ले पराजित गरे भने प्रितम परियारले प्रनव मानन्धरलाई २–६, ६–४ र ७–५ को कठिन सेटमा पराजित गरे ।

मंगलबारकै अन्य खेलहरुमा नेपालका इभ्याक जोशिले भारतका हरिशरण भाष्करणलाई रिटायर्ड हर्टमा तथा पवन कुमार सर्माले इशान गुरुङ्गलाई पराजित गरे । त्यस्तै महिलातर्फ सर्भानि श्रेष्ठले इभा अधिकारीलाई ६–०, ६–० ले, सुभाङ्गि लक्ष्मी शाहले भारतका मिलि छुगलाई ७–६, ७–६ मा, भारतका प्रियांसी चौहानले नेपालका प्रकृती सर्मालाई ६–१, ७–५ मा पराजित गरिन् । त्यसैगरि आरा रेग्मील इसा श्री शाहलाई, रोमिका बुद्धाचार्यले श्रृष्टिका उदासलाई श्रृष्टि राईल श्रृया भट्टराईलाई पराजित गरिन् ।

डबल्सतर्फ आरब हाडा र प्रणव मानन्धरको जोडीले सौगात विक र इसान गुरुङ्गको जोडीलाई, इभ्याक जोशि र अचिन्त्या बर्माको जोडीले श्रीयोग अधिकारी र श्रीयास पौडेललाई, हरिशरण भाष्करण र चिराग तिमिल्सीनाको जोडीले स्लोक कैशर खड्का र पवज केल्करको जोडीलाई तथा पाकिस्तानका हसिस कुमार र नेपालका अकि जुवेनको जोडीले नेपालका आयुष्मान हजुर घले र प्रितमको जोडीलाई पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित बनाएका छन् ।

कमेन्टहरु
Loading...