हङकङका गुरुङ्गलाई सोनाम ल्होसार कप

पोखरा, २६ माघ /सोनाम ल्होसारको अवसरमा लामा ब्रदर्शद्वारा आयोजित प्रथम सोनाम ल्होसार कप पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधी हङकङका विनोद गुरुङ्गले जितेका छन् । मंगलबार भएको फाइनल खेलमा पोखरेली खेलाडी राजन पौडेललाई पराजित गर्दै गुरुङ्गले सो उपाधी आफ्नों नाम गराएका हुन् ।

हङकङका गुरुङ्गलाई सोनाम ल्होसार कप
हङकङका गुरुङ्गलाई सोनाम ल्होसार कप

लेकसाइड स्थित गुरुङ्ग भिलेज टेनिस कोर्टमा भएको खेलमा गुरुङ्गले पहिलो सेट ६–० ले आफ्नों पक्षमा पारेका थिए । त्यसपछि खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजनले दोश्रँो सेट ६–३ ले लिए । सुपरटाइमा पुगेको तेश्रो सेट गुरुङ्गले ११–९ ले आफ्नों पक्षमा पार्दै उपाधी रक्षा गरेका हुन् । प्रतियोगितामा गेलेन लामाले वेष्ट पर्फमरको पुरस्कार पाए ।

प्रतियोगिताका विजेता खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ्ग, नेपाली सेनाका प्रमुख सेनानी बबि चन्द, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगाएतले पुरस्कार वितरण गरे । कार्यक्रममा गुरुङ्गले पोखरा रंगशालाभित्र बन्दै गरेको टेनिस कम्प्लेक्स निर्माण कार्यमा राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट सहयोग गर्ने प्रतिवद्धजा जाहेर गरे ।

त्यस्तै नेपाल टेनिस संघका उपाध्यक्ष कायस्थले उक्त टेनिस कम्प्लेक्स निर्माणका लागि विभिन्न ठाउँबाट सहयोग आउने क्रम जारि रहेको बताउँदै मगेन राइको अध्यक्षतामा रहेको हङकङ नेप्लीज टेनिस सोसाइटीले च्यारिटी कार्यक्रमको आयोजना गरेर ८ लाख बढि रकम संकलन गरेको जानकारी दिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्क्ष समेत रहेका टेनिस खेलाडी सूर्यबहादुर भुजेलले यहाँको टेनिस विकासमा सम्पूर्ण खेलाडीहरुको एकतामा जोड दिए । खेलाडी नविन चालिसेले सञ्चालन गरेको समापन समारोहमा बोल्दै आयोजक लामा ब्रदर्शका सदस्य बिरेन्द्र लामाले प्रतियोगितामा सहभागि सबैलाई धन्यबाद ज्ञापन गर्दै प्रतियोगितालाई निरन्तरता दिने बताए ।

कमेन्टहरु
Loading...