सफ्ट टेनिसमा प्रितीलाई तीन पदक

पोखरा, १२ बैशाख /नेपालगञ्जमा बुधबार सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका लागि पोखराकी प्रिती बरालले तीन वटा कास्य पदक जितेकी छन् ।

गण्डकी प्रदेशबाट सफ्ट टेनिस प्रतियोगिताका तीन इभेन्टमा सहभागी उनले तीनै इभेन्टमा कास्य पदक जितेकी हुन् ।

उनले महिला सिङ्गल, डबल र टिम इभेन्टमा सहभागी भै तीनवटा पदक जित्न सफल भइन् ।

प्रितीसगँ डबलमा पोखराकी सृष्टी उदास र टिम इभेन्टमा सृष्टी उदास र पोखरा कै स्वतीका उदासले कास्य जित्न सफल भए ।

प्रितीले छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सिङ्गलमा कास्यपदक जितेकी थिइन् ।

कमेन्टहरु
Loading...