आइटिएफमा नेदरल्याण्डका लाप्रेको यात्रा सकियो, डिफेण्डिङ्ग च्याम्पियन भण्डारीको विजयी शुरुवात

पोखरा, १४ असोज/ नेदरल्याण्डका फ्राङ्क लाप्रेले पोखरा रंगशालामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा आफ्नों यात्रामा पूर्णविराम

लगाएका छन् । ५५ वर्ष माथिको एकलमा नेपालका कृष्णराज घलेसंघको खेलमा रिटायर्ड हर्ट हुँदै उनले यस प्रतियोगिताबाट बिदा लिएका हुन् ।

उनी रिटायर्ड हर्ट हुँदा स्कोरबोर्डमा दुबै खेलाडीले समान ६–६ अंक लेखिएको थियो । लाप्रेले ५–३ को अग्रता कायम गरेको खेल ९ पटक ड्युज र

एडभाण्टेजमा पुग्दापनि उनले खेल आफ्नों पक्षमा पार्न सकेनन् । उनले पहिलो खेलमा नेपालका विष्णुप्रसाद गैह्रेलाई ६–०, ६–० को सहज सेटमा

पराजित गरेका थिए ।

कास्की जिल्ला टेनिस संघद्धारा आयोजित प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकलमा गतवर्षका च्याम्पियन कमल भण्डारीले विजयी शुरुवात गरे ।

भण्डारीले भारतका अभिनास कुँवरलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे । त्यस्तै गतवर्ष भण्डारीसंग उपाधी भिडन्त गरेका भारतका दिलिप

मोहन्तिले यसपटक पनि आफ्नों बलियो बादेवारी प्रस्तुत गरे । उनले भारतकै अनिलनाथ कल्रालाई ६–२, ६–२ मा पराजित गर्दै दोश्रो चरणमा आफ्नों

स्थान बनाए ।

आइतबार भएको ३५ वर्ष माथिको अन्य खेलहरुमा भारतका स्वरणदिप ढोंढीले पोखराका गोपीबहादुर भट्टराईलाई ६–०, ६–१ मा पराजित गरे । त्यस्तै

४५ वर्ष माथिको एकलमा प्रताप मोक्तानले विकास गुरुङ्गलाई ६–४, ४–६ र ६–२ को कठिन सेटमा पराजित गरे । सोही उमेर समुहको अर्को खेलमा

भारतका नारायण मूर्ती कोट्याला बेङकाटाले पोखराका अनुज बाँस्तोलालाई ६–१, ६–४ ले तथा अमृत कार्कीले माधब भण्डारीलाई ६–२, ६–३ ले

पराजित गरे ।

५५ वर्ष माथिको एकलमा पूर्व उप–प्रधानमन्त्रि समेत रहेका कमल थापाले आफ्नों विजयी यात्रालाई जारी राखे । थापाले भारतका अरुण अग्रवाललाई

६–१ र ६–० ले सजिलै पराजित गरे । त्यसैगरि पोखराका अनिल तुलाचनले भारतका ड्योनम लामालाई ६–०, ३–६ र ६–२ को प्रतिस्प्रधात्मक सेटमा

पराजित गरे । नेपालका छ्याम्बा ढुण्डुप भारतका आदित्य कर्नानीसंग ७–५ र ६–१ ले पराजित हुन पुगे ।

कमेन्टहरु
Loading...