आठौं राष्ट्रिय खेलुकदका लागि गण्डकी प्रदेशका टेनिस खेलाडी छनौंट

पोखरा ,२० फागुन /आठौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत टेनिस खेलका लागि गण्डकी प्रदेशको टिम छनौंट भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा उक्त प्रतियोगिता शुरु भएको हो ।

छनौट प्रतियोगिताबाट पुरुषतर्फ अनिल शाहि, प्रदिप खड्का, नविन मगर, गोविन्द नेपाली र धरमबहादुर लामिछाने छानिएका छन् । त्यसैगरि कुमार अधिकारी, गोपीबहादुर भट्टराई र विष्णु नेपाली बैकल्पिक खेलाडीका रुपमा छनौट भएको कास्की जिल्ला टेनिस संघका महासचिव नविन चालिसेले जानकारी दिए । गण्डकीको महिलातर्फ रोमिका बुद्धाचार्य, श्रृया भट्टराई, सुप्रिया बसेल, बिमला बसेल र गंगा सर्मा छनौंट भएका छन् । टिमकोचमा निरज थापा रहेका छन् ।

गण्डकीको टिममा छानिन सफल खेलाडीहरुलाई गण्डकी प्रदेशका साँसद कृष्ण थापा, कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा, क्षेत्रिय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिकप गोदार तथा टेनस संघका सल्लाहकार सूर्यबहादुर भुजेल लगायतले मेडल प्रमाणपत्र प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...