मेसुका कप टेनिसमा एसपि सिहको बिजयी यात्रा जारी

पोखरा, ८ चैत /कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी दोश्रो मेसुका कप मन्थ्लि टेनिस प्रतियोगितामा बिहिबार प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

सम्पन्न खेलहरुमा गत महिनाका च्याम्पियन गोपीबहादुर भट्टराईले शम्भु गुरुङ्गलाई ६–४, ६–२ ले, धरमबहादुर लामिछानेले लक्ष्मण पहारीलाई ६–१, ६–१, अशोक सिंहले शिव सुवेदीलाई ६–४, ७–५ ले तथा विकाश गुरुङ्गले नविन चालिसेलाई ६–३, ६–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए ।

त्यसैगरि अर्को प्रतिस्पर्धात्मक खेलमा शरण गुरुङ्गले हुम आलेलाई २–६, ६–४ र सुपरटाईमा १०–७ ले पराजित गरे भने विनोद कायस्थले राजु गुरुङ्गलाई ७–५, ६–४ ले पराजित गरे । समिर शेरचन र रामराजा कार्कि भने वाकओभर पाएपछि क्वाटरफाइनलमा पुगे ।

समिरलाई सुनिल श्रेष्ठे र रामराजालाई दार्जे लामाले वाकओभर दिएका हुन् । शुक्रबार क्वाटरफाइनलका खेलहरु हुने टुर्नामेण्ट डाइरेक्टर प्रदिप खड्काले जानकारी दिए ।

कमेन्टहरु
Loading...