हिमालयन कम्प्युटर गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगितामा कास्की प्रथम

पोखरा, १२ माघ/गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिताको शनिबार पोखरामा सम्पन्न खेलमा कास्की जिल्ला प्रथम भएको छ । प्रतियोगितामा बाग्लुङले दोश्रो तथा पर्वतले तेश्रो स्थान हाँसिल गरेको छ । कास्की जिल्ला ४ स्वर्ण, २ रजत र ३ कास्य सहित प्रथम भएको हो । बाग्लुङ जिल्ला ३ स्वर्ण २ रजत र ५ कास्य प्राप्त गरेका थिए । त्यसै गरि तेश्रो हुने पर्वत जिल्लाले २ स्वर्ण ३ रजत र ४ कास्य प्राप्त गरेको थियो ।

कास्की जिल्लालाई स्वर्ण पदक दिलाउन ५४ केजी पुरुषतर्फ बिजय गुरुङ, ६८केजीका हेमन्त गुरुङ र महिला तर्फ ४९ केजीका प्रिति सारु मगर, ५३ केजीका प्रतिक्षा सुबेदीको योगदान रहन पुग्यो । त्यसै गरि वाग्लुङतर्फ खेलाडीमा पुरुष ६३ केजीमा देवेन्द्रराज लामा महिला तर्फ ५७ केजीमा करिष्मा सुनार र ६२ केजीमा ममता खड्काले स्वर्ण पदक प्राप्त गर्न सफल रहे । पर्वत तर्फ खेलाडीमा ५८ केजी तर्फ सुरज कडेल ७४ केजीमा इश्वर नेपाली कास्कीका बिजयगुरुङ पुरुष तर्फ र म्याग्दीका रश्मी श्रेष्ठ महिला तर्फ वेष्ट  फाइटर घोषित भए । उनीहरुलाई १०/१० हजार नगद सहित पुरुष्कृत गरियो ।

बिजय खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी.ले पुरस्कार तथा पदक वितरण गर्नु हुदै पोखरालाई खेलकूदको राजधानीको रुपमा विकास गर्न महानगरपालीकाले सक्दो योगदान गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । कार्यक्रममा तेक्वान्दो क्षेत्रमा योगदान दिने अग्रज गुरुहरु तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेल, कुकियन प्रतिनिधि कोरीयन गुरु क्वान योङ्ग दल र ङमरजंग गुरुङलाई सम्मान समेत गरियो ।
गण्डकी प्रदेशका ११ जिल्लाको ६ जिल्लाको सहभागीता रहेको सो प्रतियोगितामा ५२ वाउटहरु खेलाइएको थियो । हिजोबाट शुरु भएको सो प्रतियोगिताले गण्डकी प्रदेशको तेक्वान्दो खेलमा थप हौसला पुगेको कार्यक्रमका सभापति एवंम गण्डकी प्रदेश तेक्वान्दो समितिका अध्यक्ष जगनबहादुर गुरुङले वताउनु भयो ।

कास्की जिल्ला तेक्वान्दो संघको आयोजना र गण्डकी प्रदेश तेक्वान्दा समितिको सहयोगमा संचालित सो प्रतियोगिताले नवदोति खेलाडी आर्कर्षित भएको प्रतियोगिता संयोजक कुलचन्द्र शर्माले वताउनु भयो । सो प्रतियोगिता सम्पन्न गर्नका लागि नेपाल तेक्वान्दो संघका रेफ्रि कमिटीका संयोजक नवीन कुमार श्रेष्ठ सहित १६ जनाको रेफ्रिहरुको योगदान रहेको थियो ।

कमेन्टहरु
Loading...