तेक्वान्दोको सामग्री प्रदान गर्ने सहयोगी सम्मानीत

पोखरा, २१ कात्तिक / पोखरा तेक्वान्दो डोजाङलाई तोक्वान्दो खेलका विभिन्न आवश्यक सामाग्री प्रदान गर्ने सहयोगीहरुाई पोखरा डोजाङले सम्मान गरेको छ ।

पोखरा डोजाङका लागि पश्चिमाञ्चल स्वास्थ विज्ञान प्रतिष्ठान अन्र्तगत पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डिन डा. नरेन्द्र विक्रम गुरुङले किकिङ प्याड, चेष्ट कभर, हेड गार्ड, ग्रेन कभर, सिं गार्ड लगाएतका करिब ६५ हजारका सामाग्री प्रदान गरेका थिए ।

यसै गरि डोजाङका पूर्व खेलाडी एवम समाजसेबी भूवन गुरुङले (हाल अमेरिका) डोजाङका लागि करिब ५० हजार बराबरको ऐना प्रदान गरेका थिए । यसै गरि राम प्रसाद गुरुङले एक थान टेबुल, ४ थान कुर्ची डोजाङका लागि सौजन्य गरेका थिए ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगदाता पश्चिमाञ्चल स्वास्थ विज्ञान प्रतिष्ठान अन्र्तगत पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डिन डा. गुरुङ, समाजसेबी भूवन गुरुङ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, प्रशिक्षक एवम डोजाङ प्रमुख सुन बहादुर लामा लगाएतले यस क्षेत्रको तेक्वान्दो खेलको बिकासका लागि प्राप्त खेल सामाग्रीले खेलाडीलाई निकै ठूलो हौसला हुने बताएका थिए ।

कमेन्टहरु
Loading...