शनिबार तेक्वान्दोमा एक रजत र एक काश्य

भारत, सिलोङ, १ फागुन/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले आज नवौं दिन एक रजत र एक काश्य पदक जितेको छ । आजदेखी सिलोङमा शुरु भएको तेक्वान्दो स्पर्धामा नेपालले २ पदक जितेको हो ।नेपालकी रेजिना कार्कीले नेपालका लागि रजत दिलाइन् । तेक्वान्दोको ४६ केजी तौल समूहमा फाइनलमा पुगेकी उनले पाकिस्तानकी अस्मिन खानसँग पराजित हुँदै रजतमा चित्त बुझाइन् । निर्धारित समयमा ८÷८ अंक भएर थपिएको अतिरिक्त समयमा उनी एक अंकले पछि पर्दै पराजित भइन् ।

त्यस्तै नेपालका रामहरी महतले तेक्वान्दोको ८७ केजी तौल समूहमा काश्य पदक जिते । फाइनल प्रवेशका लागि आज भएको प्रतिष्पर्धामा भारतका मुसरफ परवेजसँग १४÷० को फराकिलो अन्तरले पराजित भए । सेमीफाइनलमा पराजित हुने दुबैलाई काश्य पदक दिइन्छ ।

कमेन्टहरु
Loading...