ओलोम्पिक कमिटी सदस्य गुरुङ्ग जापान प्रस्थान

काठमाडौ, ११ बैशाख /नेपाल ओलोम्पिक कमिटी सदस्य तेज गुरुङ्ग जापानको होकाइदो सहरमा आयोजना हुने विन्टर आलोम्पिक एशियन गेमको सेभ दि मिसनको बैठकमा सहभागी हुन शनिबार जापान प्रस्थान गर्नु भएकोछ ।

२०१७ को फेबु्रअरीमा आयोजना हुने विन्टर आलोम्पिक खेलका लागि तयारी स्वरुप हुन लागेको सेभ दि मिसनको बैठक २०१६ अर्पिलको २५, २६ र २७ तारिख मा हुँदैछ । नेपालले उक्त प्रतियोगितामा सहभागीता जनाउने छ ।

नेपाल ओलोम्पिक कमिटीका तर्फ बाट एन.आर.एन.ए को संयोजक समेत रहनु भएका गुरुङ्गले अर्पिल २८ माएन.आर.एन.ए जापानका पदाधिकारी संग समेत नेपालको खेल विकासका लागि छलफल गर्ने कार्यक्रम तय भएको छ । उहाँले नेपालको खेलकुद बिकासका लागि जापान आलोम्पिक कमिटीका पदाधिकारीहरु संग भेटघाट र छलफल गर्नु हुनेछ ।

सन २०२० मा जापानले आलोम्पिक खेलकुद आयोजना गर्न लागिरहेको र जापानका तर्फ वाट नेपालको टिम तयारी र खेलकुदका विविध सहयोगका लागि छलफल गर्नुहुने गुरुङ्गले जानकारी गराउनु भएको छ । सन १९६४ मा जापानमा सम्पन्न ओलोम्पिकमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो ।

गुरुङ्गले पोखरा र जापानको कोमागाने शहरका विच भएको भागिनी सम्बन्धलाई खेलकुदका माध्यम बाट समेत जोडन र सम्बन्धलाई बलियो बनाउन कोमागानेका प्रतिनिधीहरु संग विशेष भेटघाट र छलफल गर्नुहुने कार्यक्रम रहेको छ । नेपाल ह्याण्डबल संघका अध्यक्ष रहनु भएका गुरुङ्गले नेपालको ह्याण्डबल खेल बिकासमा सहयोगका लागि जापान ह्याण्डबल महासंघका अध्यक्ष लगाएत पदाधिकारीहरु संग समेत भेटघाट गर्नु हुनेछ । उहाँ २०१६ मे ६ तारिख नेपाल फर्कनु हुने छ ।

कमेन्टहरु
Loading...