प्रशिक्षक टमटा स्याङजा जिल्ला क्रिकेट संघ सदस्यमा सर्वसम्मत

पोखरा, ३ असार/नेपाली क्रिकेटका प्रशिक्षक जगत टमटा स्याङजा जिल्ला क्रिकेट समितिको सदस्यमा सर्वसम्मत चयन भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)को फुकुवाको संघारमा रहँदा विभिन्न जिल्लामा अधिवेशन गर्न निर्देशन गरिएको थियो ।

निर्देशन अनुसार स्याङजा जिल्लाले नयाँ सदस्यताको लागि आह्वान गरेको थियो । आह्वान अनुसार टमटाले नयाँ सदस्यको लागि आवेदन दिएका थिए । उनको आवेदन सदर गर्दै दुई अघि मात्रै सम्पन्न अधिवेशनबाट उनलाई सदस्यमा सर्वसम्मत चयन गरेको हो । नयाँ गठित कार्यसमितिले टमटालाई केन्द्रीय प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ ।

अधिवेशनले दिवाकर थापालाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा ओमबहादुर गुरुङ, कोषाध्यक्षमा प्रवेश भुजेल र सचिवमा सोनिया तिवारी छन् । सदस्यहरुमा जगत टमटा, अनिल राना, अर्जुनकुमार थापा, अनुज गोदार, नारायणप्रसाद तिवारी, लेखनाथ गैह्रे, दिनेश थापा, हिक्मतजंग कार्की, दानबहादुर राना र लालबहादुर गुरुङ रहेका छन् । क्षेत्रीय सदस्यमा दिवाकर थापा, अर्जुनकुमार थापा, दिपानु पोखरेल र विक्रम तिवारीलाई पठाउने निर्णय समेत गरिएको अध्यक्ष दिवकर थापाले बताए ।

प्रशिक्षक जमटाले झण्डै डेढ महिना अघि मात्रै स्याङजा जिल्ला क्रिकेट संघको नयाँ सदस्य लिएका हुन् । ‘नयाँ सदस्यको आवेदन माग गर्यौं । माग आवेदन अनुसार गुरु(जगत टमटा)ले आवेदन दिनुभयो । नयाँ सदस्य बन्नुभयो ।’ निर्वाचित अध्यक्ष थापाले भने–‘त्यसपछि अधिवेशनबाट कार्यसमिति सदस्यमा सर्वसम्मत हुनु भयो ।

हामीले उहाँलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाउने निर्णय सर्वसम्मत रुपमै गरियो ।’ टमटाले पनि स्याङजाले नयाँ सदस्यताको आवेदन मागेको बेलामा आवेदन दिएको बताए । ‘आवेदन मागेको समयमा बुझाँए । सदस्य लिएँ ।’ प्रशिक्षक टमटाको भनाई थियो ।

क्रिकेटका मुख्य प्रशिक्षक रहेका टमटा अब प्रशिक्षणसँगै क्यानको पदाधिकारीमा छिर्ने सम्भावना बढ्दै गएको छ । क्रिकेटको अन्तराष्ट्रिय संस्था आईसिसीले क्यानको प्रतिबन्धपछि नेपाली क्रिकेटलाई आफनो मातहतमा राखेर गतिविधि गर्दै आएको छ । लामो समय क्यानको विवाद नटुंगिदाँ घरेलु प्रतियोगिताले प्रश्रय नपाएको गुनासो क्रिकेटप्रेमीले गर्दै आएका छन् ।

प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिदाँ निर्वाचन नभएको जिल्लामा विर्नाचन गर्ने र विधि विधान अनुसार नभएको जिल्लाको अधिवेशनलाई समेत आईसिसीले मान्यता दिएन् । विधि विधान अनुसार अधिवेशन भएका केही जिल्लाको अधिवेशनलाई भने स्वीकृति दिएको छ । सबै जिल्लामा अधिवेशनपछि क्यानको अधिवेशन हुने सम्भावना छ । आईसिसीले नेपालको क्रिकेट प्रशिक्षकमा भारतीय उमेश पटवाललाई नियुक्त गरेपछि टमटाको असन्तुष्टी थियो ।

राष्ट्रिय खेलकुद परिषदले टमटाले कास्कीमा पठाएको थियो । झण्डै साढे दुई दशकअघि कास्कीमा प्रशिक्षकको भूमिका निर्वाह गरेको टमटा झण्डै दुई वर्ष विताएपछि काठमाडौं हानिएका थिए । कास्कीले त्यतिबेला क्षेत्र नं ४ भैरहवा खेलाडीसँग प्रतिस्पर्धा गर्दै छनोट हुनुपर्ने बाध्यता थियो । त्यसपछि कास्की क्रिकेटको क्षेत्र नं ८ को रुपमा स्थापित भएको थियो । चितवनका खेलाडी कास्कीमा आएर छनोट प्रतिस्पर्धा गर्थे । अहिले संघीयतासँगै गण्डकी प्रदेशमा ११ जिल्ला छन् ।

११ जिल्ला मध्ये हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा क्रिकेट खासै छैन् । म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, लमजुङ, गोरखा, नवलपुर र तनहुँ छन् । ती जिल्लामा मध्ये कास्की, नवलपुर, तनहुँ र स्याङजामा संघ छन् ।

कमेन्टहरु
Loading...